प्रदेश र पालिकाले कति बजेट पायो ? (सूचीसहित)

  • जेठ १९, २०७९ | ४३२ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । संघीय सरकारले ल्याएको बजेटमा प्रदेश सरकारको लागि १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ अनुदान दिएको छ । स‌ंघीय सरकारले‍ सात वटै प्रदेश सरकार र स्थानीय तहहरुलाई समानीकरण, विशेष, ससर्त र समपुरक अनुदान गरी ४ शीर्षकमा सरकारले बजेट छुट्याएको हो ।

प्रदेशतर्फ यो पटक सबैभन्दा धेरै बजेट बागमती प्रदेशमा र सबैभन्दा कम गण्डकी प्रदेशमा गएको छ । सबैभन्दा धेरै बजेट पाएको बागमती प्रदेशमा २० अर्ब ३२ करोड, ६६ लाख रकम हस्तान्तरण हुने छ । बागमतीमा ८ अर्ब ४० करोड ४६ लाख समानीकरण अनुदान, १० अर्ब ९ करोड २० लाख ससर्त अनुदान, ७९ करोड विशेष अनुदान, १ अर्ब ४ करोड समपुरक अनुदान छुट्याइएको छ ।

सबैभन्दा कम वित्तीय हस्तान्तरणबाट अनुदान पाएको गण्डकी प्रदेशले १६ अर्ब ५४ करोड ३२ लाख रुपैयाँमा पाएको छ, जसमा ७ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ समानीकरण अनुदान, ससर्त अनुदान ६ अर्ब ९१ करोड ८३ लाख रुपैयाँ, ८६ करोड विशेष र ८३ करोड ३० लाख रुपैयाँ समपुरक अनुदान पाएको छ ।

प्रदेश एकमा १९ अर्ब ९ करोड ९१ लाख रुपैयाँ वित्तीय हस्तान्तरण भएको छ । जसमा ९ अर्ब ८२ लाख समानीकरणतर्फ, ८ अर्ब ६९ करोड, ५९ लाख ससर्त अनुदान तर्फ, ४७ करोड ५० लाख विशेष अनुदान तर्फ, ९२ लाख समपुरक अनुदान तर्फ वित्तीय हस्तान्तरण भएको हो ।

यस्तै मधेस प्रदेश तर्फ १९ अर्ब १५ करोड ९ लाख रुपैयाँ हस्तान्तरण हुने भएको छ । जसमा ७ अर्ब, ८१ करोड ५८ लाख समानीकरण तर्फ, १० अर्ब ६ करोड ५१ लाख, विशेष अनुदान तर्फ,४९ करोड, र समपुरक अनुदान ७८ करोड रुपैयाँ हस्तान्तरण गरेको हो ।

लुम्बिनी प्रदेशमा समानीकरण अनुदान ८ अर्ब ५४ करोड १७ लाख रुपैयाँ, ससर्त अनुदान ८ अर्ब ७१ करोड २२ लाख रुपैयाँ, ३८ करोड ३५ लाख रुपैयाँ विशेष अनुदान र समपुरकमा ७३ करोड ९० लाख रुपैयाँ गरी १८ अर्ब ४७ करोड ६४ लाख पाएका छन् ।

यस्तै कर्णालीमा समानीकरण अनुदान १० अर्ब ७२ करोड ६४ लाख रुपैयाँ, विशेष अनुदान ५ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ, ६६ करोड ८० लाख र समपुरक तर्फ १ अर्ब २१ करोड ५० लाख रुपैयाँ गरी जम्मा १८ अर्ब ३० करोड ६१ लाख रुपैयाँ हस्तान्तरण भएको हो ।

बजेटले सुदुरपश्चिम प्रदेशमा १७ अर्ब ५५ करोड ८३ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । जसमा समानीकरण अनुदान तर्फ ९ अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने, ससर्त अनुदान तर्फ ६ अर्ब ९८ करोड ८० लाख रुपैयाँ, विशेष अनुदान ९७ करोड ७८ लाख र समपुरकमा ७६ करोड ५० लाख रुपैयाँ बजेटले दिएको हो ।

प्रदेशमा गरिने वित्तीय हस्तान्तरण तर्फ समानीकरण अन्तर्गत न्यूनतम अनुदान सबै प्रदेशमा गरेर जम्मा १५ अर्ब ३५ करोड ८० लाख, सुत्रमा आधारित अनुदान ४३ अर्ब ७७ करोड ३ लाख र कार्यसम्पादनमा आधारित गरेर २ अर्ब ३० करोड ३८ लाख गरी जम्मा ६१ अर्ब ४३ करोड २१ लाख रुपैयाँ हस्तान्तरण भएको छ ।

यस्तै ससर्ततर्फ ५७ अर्ब १६ करोड ८२ लाख हस्तान्तरण भएको छ जसमा १५ अर्ब ७२ करोड ३० लाख र पूँजीगत तर्फ ४१ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ रहेको छ । यस्तै विशेष तर्फ सबै प्रदेशमा गरेर ४ अर्ब ५६ करोड ४३ लाख रुपैयाँ हस्तान्तरण भएको छ । समपुरक तर्फ ६ अर्ब २९ करोड ६० लाख रुपैयाँ हस्तान्तण भएको छ ।

प्रदेशमा गएको बजेट मध्ये ७७ अर्ब ९२ करोड १ लाख रुपैयाँ चालुगत र पूँजीगत तर्फ ५१ अर्ब ५४ करोड ५ लाख रुपैयाँ हस्तान्तरण भएको छ ।

पालिकालाई समानीकरण अनुदान अन्तर्गत एक खर्ब २३ करोड, ससर्त अनुदानतर्फ एक खर्ब ८३ अर्ब ७२ करोड, समपूरक अनुदानबापत सात अर्ब २७ करोड र विशेष अनुदानका लागि नाै अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पोखरा महानगरपालिकाले दुई अर्ब ५८ करोड ४६ लाख रुपैयाँ अनुदान पाएको छ । यस्तै काठमाण्डाै महानगरपालिकाले दुई अर्ब तीन करोड ९९ लाख, भरतपुर महानगरपालिकाले एक अर्ब ८० करोड २४ लाख पाएकाे छ । यस्तै वीरगञ्ज महानगरपालिकाले एक अर्ब ४४ करोड ८६ लाख, ललितपुर महानगरपालिकाले एक अर्ब २१ करोड ८९ लाख र विराटनगर महानगरपालिकाले एक अर्ब २१ करोड ८५ लाख रुपैयाँ अनुदान पाएका छन् । 

अन्तरसरकारी-वित्तीय-हस्तान्तरण-२०७९

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब