सीप सिकेसँगै व्यवसायि प्रति उत्साहित

  • जेठ २५, २०७९ | ४६६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २४ जेष्ठ । सीप सिकेपछि अर्नमा गाउँपालिका वडा नं. ३ का महिलाहरु व्यवसायि गर्न उत्साहित भएकी छिन् । गरिवी निवारणका लागि लद्यु उद्यम सीप विकास तालिम अन्तर्गत लहा चुरा बनाउने सीप विकास तालिम लिईएपछि यसलाई व्यवसायिक रुपमा संचालन गर्ने तालिममा सहभागी महिलाहरुले प्रतिवद्धता गरेकी छिन् । 

अर्नमा गाउँपालिकाले सीपयुक्त महिला उद्यमीलाई १ लखा देखि १५ लाख सम्म ३ प्रतिशतका ऋण दिने योजना ल्याएको सुनेपछि महिलाहरु थप उत्साहित भएका छिन् । सात दिन सम्म सक्रिय रुपमा तालिम लिइएका महिलाहरुलाई लहा चुरी बनाउने तालिमसँगै औजारी पनि गाउँपालिकाले उपलब्ध गराएको छ । 

तालिममा सहभागी महिलाहरुले बनाएका आधुनिक चुरी देखेपछि वडा नं. ३ वडाअध्यक्ष महेश यादब दंग हुनु भएको थियो । खुशीले गदगद भएको वडाअध्यक्षले व्यवसायिका लागि वडावाट गर्नु पर्ने सहयोग सबै गर्ने प्रतिवद्धता गर्नु भयो । महिला शसक्तिकरणका पक्षमा यस वडाले विभिन्न जनचेतना मुलक र सीप मुलक कार्यक्रम प्रत्येक वर्ष फरक-फरक ल्याउने प्रतिवद्धता पनि यादबले गर्नु भयो ।

सीप लिइएकाहरुलाई गाउँपालिकाले त्यस्तै छोडदैन्न । अब सीप सिकेकाहरुका सूची तयार गरी पालिकामा राख्ने र उनीहरुलाई विभिन्न कार्यक्रमा सहभागी गराउने र यस्तै लहा चुरी सीप विकास तालिममा प्रशिक्षका रुपमा खटाउने सामाजिक शाखा तथा मेडपाको फोकल परसन जगविर यादबले बताउनु भयो । 

यती मात्र सीप सिकाएर पालिकाले छोडदैन्न । अब सीप सिकेकाहरुलाई व्यवसायि मुखि बनाउन सम्मका कार्य गर्ने छ । यसका लािग गर्नु पर्ने सहयोग पनि हुन्छ । अझ यस सीपलाई अधुनिककरणका लागि थप चुरी सम्बन्धी एडभान्स तालिम पनि दिईनेछ । सबै जनाले अब के गर्दा व्यवसायिक रुपमा विकास गर्न सकिन्छ ? भने विषयमा फेरि छलफल गरी महत्वपूर्ण सीपलाई बजारीकरण गर्न हाम्रो प्रतिवद्धता रहने मेडपा कार्यक्रमको संयोजक सुमित सिँहले बताउनु भयो ।

२१ औँ शताव्दीका युगमा आधुनिककरण सीप विकासका लागि सङोर नेपाल संस्था विभिन्न क्षेत्रका सीपका लागि दक्ष जनशक्तियुक्त रहेकोलले तपाईहरुलाई उत्पादन मुलक क्षेत्रमा आय आर्जन गर्न सकिने सीप सिकाउन तयार रहको संस्थाका अध्यक्ष बैधनाथ कुमार यादबले बताउनु भयो। 

सीप मात्र दिएर हुदैन् । धेरै ठाउँमा सीप विकास तालिम दिन्छ । तर सीपलाई व्यवसायिसँग कसरी जोडने भने बाटो देखाई दिदैन् । जसका कारण सीप सिकेकाहरुले आफ्ना सीपलाई उत्पादन मुलक बनाउन सकदैन् । तर सङोर नेपालले त्यसैगरी तालिम संचालन गर्दैन् । यस संस्थाले सीप दिई व्यवसायि गर्न सक्ने सम्मको योजना तालिम सहभागीलाई दिन्छ । ति योजना कार्यन्वयन गर्न चाहनेहरुलाई सदैव साथ रहेन प्रतिवद्धता पनि हाम्रो संस्थाको रहेको यादबले बताउनु भयो । 

तालिममा ३० जना महिला सहभागी थिए । तालिम कार्यक्रम अर्नमा गाउापालिकाको सहयोगमा सङोर नेपाल, सिरहाले आयोजना गरको थियो ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब