साउनदेखि थप ८ नाकाबाट तरकारी र फलफूलमा विषादी परीक्षण हुने

  • असार ३, २०७९ | ५६३ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि नेपालका सबै अन्तर्राष्ट्रिय नाकाबाट तरकारी तथा फलफूलमा विषादी अवशेष जाँच गर्ने भएको छ ।

हाल ७ वटा नाकामा सीमित रहेको यस्तो परीक्षण साउनदेखि थप ८ ठाउँका नाकामा कार्यान्वयन गर्ने गरी अन्तिम तयारी भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

विषादी अवशेष परीक्षण हुने थप नाकाका लागि आवश्यक पर्ने मेशिन र किट खरिद प्रक्रिया सकेर नेपाल भित्रिने क्रम सुरु भइसकेको विभागका प्रवक्ता मोहनकृष्ण मर्हजनले बताए ।

अहिले काँकडभिटा, विराटनगर, जलेश्वर, वीरगञ्ज, नेपालगञ्ज, भैरहवा र धनगढी नाकाबाट भित्रिने तरकारी तथा फलफूलमा विषादी अवशेष भन्सार नाकामै जाँच हुन्छ ।

साउनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय, तातोपानी भन्सार, रसुवागढी, कृष्णनगर र गड्गाचौकी, चोभार सुख्खा बन्दरगाह, सुख्खा बन्दरगाह सिर्सियमा पनि विषादी परीक्षण सुरु हुनेछ । यस्तै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलमा पनि उपकरणसहितको जनशक्ति उपलब्ध गराउने विभागले जनाएको छ ।

‘असार भित्रै खरिद प्रक्रियाअनुसार सबै सामान आइपुग्छ, केही आइसकेका छन् । आगामी आर्थिक वर्षको सुरुबाटै थप अन्तर्राष्ट्रिय नाकामा विषादी परीक्षण सुरु हुन्छ,’ प्रवक्ता मर्हजनले भने, ‘आरबीपीआर विधिमार्फत अर्गानो फोस्फेट र कार्बामेट समूहको विषादी परीक्षण गर्छौं ।’ विषादी परीक्षणका लागि खरिद गरिएको ताइवानको टेक्नोलोजी र किट असारसम्मै सम्बन्धित नाकामा पुग्ने प्रवक्ता मर्हजनको दावी छ ।

तरकारी र फलफूलको स्क्रीनिङ गर्ने मेशिनले विषादीको परिमाणात्मक विषादी मात्रा परीक्षण गर्ने विभागले जनाएको छ । जसमा आरबीपीआर परीक्षणमार्फत विषादीको मात्राअनुसार तत्काल खानयोग्य, केही समय होल्ड गरेर खान योग्य र खान अयोग्य भनेर छुट्याउने छ ।

विदेशबाट आयात हुने तरकारीमा अनिवार्य विषादी परीक्षण गर्ने भन्दै सरकारले २०७६ असारमा राजपत्रमा प्रकाशित भएको थियो । सीमामा विषादी परीक्षण गर्ने नीतिविरुद्ध भारतले आपत्ति जनाएपछि केही समय स्थगित भएको उक्त निर्णय सर्वोच्चको अन्तरिम आदेशपछि कार्यान्वयनमा गएको थियो । त्यसको पछिल्लो वर्ष पूर्वाधार बनाउन भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई सरकारले बजेट बिनियोजन गरेको थियो ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब