सिरहाको मिर्चैयामा एक युवकको शव भेटियो

  • असार ३०, २०७९ | ५९३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ३० असार। सिरहाको मिर्चैया नपामा एक युवकको शव फेला परेको छ। मिर्चैया नपा ९ घुर्मिचौकदेखि सय मिटर उत्तर सडक किनारमा मिर्चैया नपा ९ ढोढ्ना फत्तेपुरका २९ वर्षिय जीवन साहको शव भेटिएको हो।

हिजो अपरान्ह घरबाट प्र. २–०१–००३ प ३२४८ नम्वरको मोटरसाइकलमा तरकारी किन्न मिर्चैया बजार हिडेका साहको शव आज विहान स्थानियले सडक छेउमा देखेपछि प्रहरीलाई खवर गरेको थिए। उनी चढेको मोटरसाईल सडको अर्को किनारामा ढलेको अवस्थामा भेटिएको छ।

जानकारी पाउनासाथ तत्काल पुगेका प्रहरीले मोटरसाइकल अनियन्त्रीत भएर लडेको हुनसक्ने अनुमान गरेपनि घटना सङ्कास्पद रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिवहादुर ओलीले जानकारी दिए।

उनले तत्काल घटनाको प्रकृति हेर्दा मोटरसाइकल अनियन्त्रीत भएर दुर्घटना भएको जस्तो देखिएपनि आशङ्का गर्ने ठाउँ रहेको जनाए। उनले घटनाबारे थप अनुसन्धान भईरहेको जनाए।

घरबाट हिजै निस्केकाभएपनि गाउँबाट जन्ती जाने भएकाले जन्ति गएको हुन सक्ने भन्दै घरपरिवारले खोजी नगरेको बताएको छ। उनीहरुले विहान प्रहरीले खवर गरेपछिमात्र घटनाबरे जानकारी पाएको जनाए।

उनको मोटरसाइकलमा तरकारी सहितको झोला समेत भेटिएको छ। त्यसैले उनी तरकारी किनेर घर फर्किने क्रममा नै घटना भएको अनुमान गरिएको छ। प्रहरीले पनि राती नै घटनाभएको हुन सक्ने बताए।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब