बालिका बलात्कार आरोपमा युवक पक्राउ

  • भदौ १०, २०७९ | ४७६ पटक पढिएको | सीमा संदेश

सिरहा । सिरहा प्रहरीले बालिका बलात्कार आरोपमा एक युवकलाई नियन्त्रणमा लिएको छ। विवाह गर्ने प्रलोभवनमा पारी १४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा गोलबजार नपा ७ का जुमन खानलाई पक्राउ गरेको हो।

गोलबजार नगरपालिका ६ मा डेरा लिई बसेका खानले बालिकालाई विवाह गर्ने प्रलोभन देखाई गत २०७८ चैते १० गते रातभरी पटक–पटक बलात्कार गरेर फरार रहेका खानलाई इलाका प्रहरी कार्यालय गोलबजारले आफन्तकोमा लुकिछिपी रहेको अवस्थामा बुधबार मिर्चैयाबाट पक्राउ गरेको जनाएको छ।

घटनाको तत्काल उजुरी परेपनि स्थानीय जनप्रतिनिधीहरुकै संरक्षणमा खान लुकिछिपी बस्दै आएको बुझिएको छ। उनीहरुले दुवैजनालाई विवाह गराएर घटना मिलाउन खोजेको स्रोतले जनाएको छ।

जनप्रतिनिधीहरुले नै ‘उनीहरुविच विवाह हुन लागेको छ; तत्काल पक्राउ नगर्न प्रहरीलाई दवाव दिंदै आएको बताइएको छ।

प्रहरीले भने घटना लगदै बालिकाको सवै जाँच भएको र कर्तव्य गरेको देखिएकाले मुद्दा समेत दर्ता भईसकेको जनाए। अदालतको पक्राउ पुर्जीअनुसार खानलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर राजु केसीले जानकारी दिए।

मुलुकी अपराध संहिता, २०७४ को ‘परिच्छेद–१८ करणी सम्बन्धी कसूर २१९. (२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ; भन्ने उल्लेख गरेको छ।

कानुनले १८ वर्ष मुनिका बालिकालाई मजुरीमा करणी गरेपनि अपराध ठहर गरेपनि स्थानीय प्रतिनिधी यसको अझै वेवास्ता गर्दै मिलापत्र वा विवाह गराउने नाममा घटनालाई सामसुम पार्न लाग्ने गरेको सारोकारवालाहरु बताउँछन्।

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब