भारतमा टोमाटो फ्लुको सङ्क्रमण बढ्दै : नेपालमा पनि जोखिम

  • भदौ १४, २०७९ | ६७९ पटक पढिएको | सीमा संदेश
alt

भारतमा टोमाटो फ्लुको सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रामक मानिएको टोमाटो फ्लुबाट पाँच वर्षमुनिका बालबालिका उच्च जोखिममा रहेका छन् । भारतमा सयभन्दा धेरै बालबालिका बिरामी भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

केरलामा ८२ र तमिलनाडु राज्यमा २६ जना गरी १ सय ८ जना बालबालिका बिरामी परेका स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । टोमाटो फ्लु पहिलो पटक केरलामा गएको वैशाखमा देखिएको थियो।

भारतमा सङ्क्रमण बढ्दै गएपछि यसको जोखिम नेपालमा पनि बढेको छ। टोमाटो फ्लुको सङ्क्रमणबाट बालबालिकामा हात, खुट्टा र मुखमा रातो फोका देखिने, घाउ, खटिरा तथा ज्वरो आउने, थकाइ लाग्ने र शरीर दुख्नेलगायतका समस्या हुने डाक्टरले बताएका छन् ।

सङ्क्रमितको सम्पर्कमा नजान, शरीरमा खटिरा देखिए नचलाउन, पर्याप्त आराम गर्न र बेलैमा स्वास्थ्य जाँच गर्न पनि डाक्टरले सुझाव दिएका छन् ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब