सिरहा, १६ भदौ । लामो संघर्ष पछि सिरहा नगरपालिका सिरहाको आ.व. २०७९।०८० को नगर सभा सौहाद पूर्ण वातावरणमा सम्पन् भएको छ । नगर प्रमुख डा. नविन कुमार यादबको अध्यक्षतामा विभिन्न प्रस्तावहरु माथि दफावार छलफल गरी नगर सभाबाट प्रसतावहरु अनुमोदन गरी सभा सम्पन गरको छ ।
चालु आ.व.का लागि नगर सभाबाट कुल रु. ९० करोड ३८ लाख ६३ हजारको बजेट सार्वजनिक गरेको छ । चालु खर्च तर्फ रु. २० करोड १३ लाख ७० हजार, समपुरक कोष अन्तर्गत रु.२ करोड, मर्मत सम्भार कोष अन्तर्गत रु. ५० लाख, वातावरण कोष अन्तर्गत रु. १५ लाख, प्रकोप व्यवस्थापन कोष अन्तर्गत रु.५० लाख विनियोजन गरिएको छ ।
सशर्त अनुदान चालु तर्फ रु. ४३ करोड ३४ लाख, विशेष अनुदान चालु रु. ६८ लाख विनियोजन भएको छ । विषयगत शाखाहरु शिक्षामा रु. ७० लाख, स्वास्थ्यमा रु. २५ लाख, कृषिमा रु. २५ लाख, पशुमा रु. २५ लाख, महिला तथा जेष्ठ नागरिक तर्फ रु. १० लाख, न्यायिक समितिका लागि रु. १० लाख, खेलकुद विकास तर्फ रु. २५ लाख विनियोजन गरिएको छ ।
त्यसैगरी पुँजिगत तथा अन्यमा सलहेश मन्दिर निर्माण रु. ५० लाख, वडास्तरीय योजनाहरुका लागि प्रत्येक वडाका रु. ७५ लाखको गरी रु. १६ करोड ५० लाख, कार्यपालिका सदस्याहरुको योजनाहरुका लागि रु.८० लाख, नगरस्तरीय योजनाहरुका लागि रु.२ करोड ४७ लाख ९३ हजार विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताउनु भयो ।
लोमो समय पछि विभिन्न विषयहरुमा सकारात्क छलफल गरी नगर सभा सम्पन भएकोले सिरहा नगरपालिका विकास जनताले यस पल्ट अनुभुती गर्ने गठबन्धनका संयोजक उमेश कुमार यादबले बताउनु भयो ।
तपाईहरुका सहमती र चाहाना हिसाबले बजेट विनियोजन गरिएकोले आब आफ्ना वडाका शिक्षा, स्वास्थ्य र भौतिक निर्माण कार्य जनताका हितमा गरेर देखाउनुस् नगर प्रमुख यादबले वडाअध्यक्षहरुसाँग अनुरोध गर्नु भयो । हलको अवस्थामा शिक्षा, स्वास्थ्य तथा सरसफाईका समस्याहरु १५ दिन भित्र सामाधन गर्नुस् म खुशी हुन्छु र तपाईहरुका वडामा जाने अवस्थालाई रोक्नुस् । यदि गर्न सक्नु हुन्न भने म तपाईका वडामा यि आधारभुत विषयहरु सुधार गर्न जान्छु, फेरि अपति हिसाबले नलिनु होला यादबले बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved