सिरहा जिल्लाको बस्तिपुर गाउँमा बि स २००४ मा सम्भ्रान्त परिवारमा जन्मेका भएनी आफ्नो जीवन शैली , सोच, चिन्तन र ब्यवहारले आफुलाइ बिद्रोही र समाजवादी नेताको रूपमा स्थापित गर्न सफल तथा सत्य र निष्ठाका प्रतीक हुन् प्रदिप गिरि। कलिलो उमेरमा नै राजनीति यात्रा शुरु गरेका र आजिवन लोकतन्त्र, बिधीको शासन , अन्याय , अत्याचार र समाजको हरेक खालको विभेद र असमानताको बिरुध लड्ने योधाको नाम हुन प्रदीप गिरि। उहाँको जीवन दर्शनमा गान्धिवादी बिचारको अत्याधिक प्रभाव देख्न सकिन्थ्यो भने मार्क्सवादी दर्शन प्रति सम्यक र समालोचनात्मक बिचार राख्नु हुन्थ्यो।
उहाँ राजतन्त्रको बिरुधको लडाइँ होस या लोकतान्त्रिक गणतन्त्र या संघीय संरचनाको लागि होस सधै पार्टी भित्र वा बाहिर आफ्नो बिचार प्रष्ट रूपमा राख्न सक्ने क्षमता भएका शिखर पुरुश हुन् । उहाँ आफ्नो सरल जीवन शैली, सत्य र निष्ठाको राजनीति गर्ने र समाजवादका यात्रामा जीवन भर अडिग रहने महाभारतका भिस्मपितामह हुन। उहाँ लाई सत्ता , सम्पत्ति र पदको लोलुप्ताले कहिले हलाउन सकेन । जिवन जगत , नीति , आदर्श , साहित्य , राजनीति र दर्शनमा उहाँ गहिरो रुचि राख्ने ब्यक्तीको रूपमा आफुलाइ चिनाउनु भयो। मार्क्सवादी दर्शनमा गहिरो अध्यन भएकाले होला उहाँ सधै आफुलाइ समाजवादी कित्तामा उभ्याउनु भो। प्रखर वक्ता ,मार्क्सवादी र समाजवादी दर्शनको ब्याख्यता भएकाले कम्युनिस्टहरुको बिच निकै लोकप्रिय हुनुहुन्थ्यो ।
उहाँको अध्ययनको प्रभाव उहाँको जीवन शैली , सादगी र ब्यवहारमा प्रष्ट रूपमा देख्न सकिन्थ्यो। उहाँ आजिवन आफुलाइ जमिनसङ जोडेको र भुइ मान्छेहरुसङ गहिरो प्रेम र सहानुभूति राखेकाले नै उहाँमा कहिले सत्ता र शक्तिको दम्भ देखिएन। पटक पटक साम्सद हुदा पनि कहिले सत्तामा बस्नको लागि वा पार्टीको कार्यकारी भुमिकामा बस्न लालायित हुनु भएन । उहाँ जहिले समाजवादको केन्द्रमा ब्यक्तिलाइ राख्नु हुन्थ्यो र भन्नुहुन्थ्यो कि समाजवादको मुख्य उदेश्य आम मानिसको जिवनलाइ सरल , सहज र स्वतन्त्र रुपले बाच्न बनाउनु हो। ब्यक्तिलाइ हरेक किसिमको स्वतन्त्रता दिनु बाहेक समाजवाद मजबुत बनाउने अर्को विकल्प छैन।
उहाँको लागि राजनीति पेवा हैन सेवा हो अर्थात जन्ताको मन र मस्तिष्कमा राज्य गर्नु नै राजनीतिको मुल मर्म हो । सत्ता र भत्ताको राजनीति भन्दा माथी उठेर देश र जनताको लागि राजनीति हुनु पर्छ भन्ने उहाँको बुझाइ थियो। त्यसैले उहाँ आफू माथी कहिले कुनै किसिमको दवाव र प्रभाव महसुस गरेन। शोशित ,पीडित र मुल धारको राजनीतिबाट टाढिएका नागरिकको वकालत गरिरह्दा उहाँ पार्टीको ह्विप समेत मानेन। उहाँ आफ्नै आदर्श र मूल्य मान्यतामा हिड्ने आदर्श्वादी राजनीतिग्य हुनुहुन्थ्यो । त्यसैले कहिले काहीँ बिचार र सिद्धांतको मामिलामा अराजक भएको आरोप पनि लाग्ने गरेका हुन।
उहाँ कम्युनिस्टको नेता भन्दा बढी मार्क्सवादी , काङ्रेसी खेमाको सबैभन्दा उदारवादी र लोकतन्त्रवादी हुनुको साथै मधेसका नेताभन्दा ठूलो मधेश्वादी नेताको रूपमा आफुलाइ प्रस्तुत गरेको प्रमाण हामी समक्ष छ। बिपि कोइरालाको अभियक्ती जुन एक समयमा बिपिले दिएका थिए कि मेरो र राजाको घाँटी एउटै भन्ने कुराको समेत बिपि कोइरालासङ भेट्दा बिरोध जनाएका थिए। बि स २०४२ सालमा जेल पर्दा समेत राजाबाट सत्ताको प्रलोभन आउदा इनकार गरेका थिए । गलतलाई गलत र सहिलाइ भन्न सक्ने आट र साहस भएकाले नै बि स २०७२ सालमा संविधान सभाबाट पारित हुन लागेको संविधान मधेशको मुद्दा सम्बोधन हुने नदेखिएकोले उहाँ उक्त संविधानप्रती बिमती जनाउदै हस्ताक्षर समेत गर्नु भएन। यो एक किसिमको एकल राज्य सत्ताको बिरुध ठूलो चुनौती थियो ।
उहाँको यस्तो साहसले प्रष्ट हुन्छ कि उहाँ कहिले आफू राजनीतिमा रहन्छु या रह्दिन , आफ्नो बिरुध पार्टीले के निर्नय लिन्छ त्यो कुराको वास्ता नगरी आफ्नो निर्णय प्रती अडिग रहे। सत्ताको मोह भन्दा पनि राजनीतिमा एउटा उच्च मुल्य, मान्यता र आदर्शको स्थापना गर्न चाहन्थे। प्रदिप गिरिबाट आजको युवाले सिक्ने धेरै कुराहरु छन् । राजनीति आफ्नो भविश्य खोज्न हैन कि देश र जनताको भविष्य बनाउन आउनुपर्छ। आज भुले भट्केका युवाहरु आफ्नो भविष्य खोज्न राजनीतिको पछाडि लाग्ने गर्दछन।जो आफ्नो भविस्यको अलावा कहिले पनि देश र जनताको हितको बारेमा सोच्न सक्दैन । जहिले पनि आफू कसरी राजनीतिमा टिक्ने , कसको आशिर्वाद लिने र कसरी लाभको पदमा पुग्न सकिन्छ भन्ने तिर मात्र ध्यान दिएका हुन्छ। त्यस्तो अवस्थामा उ कहिले पनि आफ्नो बिचार राख्न सक्दैन। पार्टीले जस्तो सुकै गल्ती गरेपनी टुल्लुटुलु हेरेर बस्ने गर्दछ। यो अवस्थामा या त उ चरम स्वार्थी हुन्छ या त पार्टीका दास ।
प्रश्न यहाँ महत्त्वपूर्ण यो छ कि काङ्ग्रेसका अहिलेका पुस्ताले प्रदिप गिरिले बनाएका आदर्शको बिरासतलाइ जोगाउन सक्छ कि सक्दैन । उहाँले बनाएका राजनीतिक आदर्श ,मुल्य र मान्यतालाई पछाउन सक्छ कि सक्दैन। एकातिर प्रदिप गिरिलाइ आदर्श र राजनीतिको भीष्म पितामह बताउने र अर्को तिर आफ्नो राजनीतिक भविष्य र सत्ता स्वार्थको लागि ठुला भनाउदा नेताहरुको भक्ती पुजा र तल्वा चाट्ने काम गर्छन् । जसको आफ्नो स्वतन्त्र बिचार र मुल्य हुदैन । त्यस्ताले मात्र समस्या निम्त्याउने हुन। सहि रूपमा उहाँको आदर्शलाई पछ्याउने हो भने गुलामिको मानसिकता बाट आफुलाइ मुक्त गर्नै पर्छ र ब्यक्तिगत स्वार्थबाट माथी उठ्नै पर्छ। यहि नै उहाँको लागि सच्चा श्रद्धाञ्जली हुनेछ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved