गाईको बाछीलाई काटेर मार्ने ६५ वर्षीय मिँया पक्राउ

  • भदौ २६, २०७९ | ५१९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । गाईको बाछीलाई काटेर मारेको आरोपमा सप्तरीमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६५ वर्षीय सकुर मिँया रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएका छन् ।

शुक्रबार बिहान करिब साढे ११ बजेको समयमा महादेवा गाउँपालिका ४ बलियाको मुस्लिम टोलमा स्थानीय ६५ वर्षीय सकुर मियाको ३५ वर्षीय छोरा मो. ईलियासले करिब ८ महिनाको गाईको बाछीको काटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ईलियासले आफ्नै घरको आंगनमा रातो खैरो रङको गाईको बाछीलाई काटी मारेको सूचना प्रहरीलाई प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय कंचनपुर र प्रहरी चौकी डिमनबाट खटेको प्रहरी टोलीले मियाँको घरबाट करिब ५।६ के.जी. मासु र चार वटा खुट्टा बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब