खसीबोकाको स्वास्थ्य परीक्षण आजदेखि : हरियो स्टिकर खानयोग्य, रातो अयोग्य

  • असोज ११, २०७९ | ३०८ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गरिने भएको छ । पशुसेवा  विभागले  खसीबोकाको  स्वास्थ्य  परीक्षण  गर्न  लागेको  हो ।

दशैँमा उपभोक्ताको स्वास्थ्यमा नै असर पर्ने अस्वस्थकर खसीबोका कारोबार हुन सक्ने भएकाले स्वास्थ्य परीक्षण गर्न लागेको पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले बताउनुभयो । आजदेखि १८ गते नवमीको दिनसम्म ५० जना पशु चिकित्सकको टोलीले  विभिन्न  ठाउँमा  गएर  खसीबोकाको  स्वास्थ्य  परीक्षण  गर्नेछन् । विभागले कलङ्की, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खुु, लोकन्थली, सल्लाघारीमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्नेछ ।

खसिबोका आयात हुने मुख्य नाका र कारोबार हुने ठाउँमा स्वास्थ्य परीक्षण गरी स्टिकर लगाइनेछ । खानयोग्य खसीबोकालाई हरियो र अयोग्यलाई रातो स्टिकर लगाइनेछ । यसवर्षको दशैँमा   काठमाण्डौ उपत्यकामा  ५० देखि ६०  हजार सङ्ख्यामा खसीबोका खपत हुने अनुुमान छ । गएको वर्ष ५० हजारको हाराहारीमा खपत भएको थियो । दशैँको सप्तमी, अष्टमी र नवमीमा सबैभन्दा धेरै सङ्ख्यामा खसीबोका, भेडाच्याङग्रा बिक्री हुने विभागले जनाएको छ ।

व्यवसायीले जाजरकोट, सल्यान, बैतडी, डडेल्धुरा, अछाम, नेपालगञ्ज, गुल्मी, पाल्पा, झापा, इलाम, ओखलढुङ्गालगायतका जिल्लाबाट खरिद गरी काठमाण्डौ उपत्यकामा ल्याएर खसीबोका बिक्री गर्छन् । यस्तै भारतको लखनउ, हरियाणा, राजस्थानबाट पनि खसी  आउने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि बिक्री मूल्य तय गरि आजदेखि नै खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने तयारी भैरहेको जनाएको छ । दाङ, धादिङ, हेटौँडाबाट खसीबोका र दार्चुलाबाट च्याङ्ग्रा ल्याउन लागिएको कम्पनीले जनाएको छ ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब