महिलाको तस्बिर दुरूपयोग गरी गैरकानुनी कार्य गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको साइबर ब्युरोले पीडित महिला र सम्मानित व्यक्तिको तस्बिर दुरुपयोग गरी सार्वजनिक नैतिकता र शिष्टाचारविरूद्धका सामग्री सामाजिक सञ्जालमा लेखी चरित्रहत्या गर्ने तनहुँ शुक्लागण्डकी नगरपालिका–८ का रवीन्द्र भण्डारीलाई पक्राउ गरेको हो।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सामाजिक सञ्जालमा पीडित महिलाको तस्बिर दुरूपयोग गरेर अनावश्यक दुःख हैरानी दिएकाले पक्राउ गरिएको जानकारी दिए।
भण्डारीलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रायले बताए।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved