बस दुर्घटना हुँदा पाल्पामा एकै गाउँमा ६ यात्रुको मृत्यु

  • पुस २२, २०७९ | ४०६ पटक पढिएको | सीमा संदेश
alt

रूपन्देही । रुपन्देहीको सालझण्डी ढोरपाटन सडक अन्तर्गत पाल्पाको रैनादेवी छहरा गाउँपालिका- ८ खुर्सानेमा यात्रुबाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गएको उक्त बस खुर्साने पुग्नै लाग्दा मधुवन टारीफाँटनजिकै राहादी गैरामा दुर्घटना भएको वडाअध्यक्ष रेमबहादुर रानाले नेपाल प्रेसलाई बताए ।उनका अनुसार मृतक सबै रैनादेवी छहरा- ८ खुर्सानेका छन् ।

ग. १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जना महिलाको मृत्यु भएको हो । मृतकमा पाल्पा रैनादेवी ८ खुर्साने गाँउकी ३६ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सरुमाया घिमिरे, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गिरिकुमारी गाहा, २१ वर्षीया सामकुमारी खत्री र १९ वर्षीया विना पाण्डे छन् ।

दुर्घटनामा घाइते भेटिएका १७ जनामध्ये १३ महिला र ४ जना पुरुष छन् । घाइतेले फोन गरेर प्रहरीलाई राति १० बजेतिर दुर्घटनाको जानकारी गराएका थिए । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको राजमार्ग सुरक्षा ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

रातको समयमा जंगल क्षेत्रमा दुर्घटना भएका कारण समयमा उद्धार हुन सकेन । बस सडकबाट ५०/६० मिटर तल भीरमा खसेको बताइएको छ ।

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब