तराईका धेरैजसो जिल्लामा कठ्याङ्ग्रिँदाे चिसो, शीतलहर अझै दुई दिन लम्बिने

  • पुस २२, २०७९ | ३८५ पटक पढिएको | सीमा संदेश
alt

 तराई मधेसका धेरैजसो जिल्लामा शीतलहर सुरु भएको छ । शीतलहर अझै एक/दुई दिन लम्बिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार नेपालगञ्ज, भैरहवा सिमरामा अधिकतम तापक्रम औसत अधिकतम तापक्रमभन्दा ५ डिग्री सेल्सियसभन्दा धेरैले घटेको छ । यी क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर ५ डिग्री सेल्सियसभन्दा कम छ । यस्तै, अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर धेरै फरक छैन ।

अधिकतम र न्यूनतम तापक्रम झण्डैझण्डै उस्तैउस्तै छ । सिमरादेखि नेपालगञ्जका धेरैजसो क्षेत्रमा मध्यम किसिमको शीतलहर र नेपालगञ्जदेखि पश्चिम तराईका जिल्लामा मन्द शीतलहर चलेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । यो अवस्था अझै एक/दुई दिन रहिरहने अनुमान गरिएको उहाँले बताउनुभयो ।

‘शीतलहरको पूर्वानुमान गर्न निकै कठिनाइ छ, त्यसैले यो कति दिनसम्म रहन्छ भनेर हामीले तोकेरै भन्न सकिने अवस्था छैन । तर, पछिल्लो अनुमानमा अझै एक/दुई दिन रहने देखिएको छ । यसपछि हामी फेरि पूर्वानुमान गरी जानकारी गराउने छौँ ’उहाँले भन्नुभयो ।

शीतलहर चलेका बेला बिहान, दिउँसाे र रातिको तापक्रम उस्तैउस्तै हुने भएकाले कठ्याङ्ग्रिँदाे चिसो हुन्छ । अरु समयमा तापक्रममा उतारचढाव आउने गरे पनि शीतलहर चलेको बेला खासै उतारचढाव नआउने भएकाले जाडो धेरै हुन्छ । यस्तो बेला तातो न्यानो खानेकुरा खाने, न्यानो र बाक्ला कपडा लगाउने, आगो तथा हिटर ताप्ने गरे शरीरलाई न्यानो राख्न सकिन्छ । सावधानी नअपनाए मानवीय क्षति हुने जोेखिम धेरै हुन्छ । चिसोबाट जोगिन हिटर, कोइला तथा आगो ताप्दा सुरक्षित भने हुनुपर्छ ।

आगो ताप्दा आगलागीको सम्भावना हुने तथा हावा नछिर्ने गरी झ्याल ढोका बन्द गरेर हिटर र कोइला बाल्दा निस्सासिएर ज्यान जाने जोखिम हुने हुँदा सावधानी अपनाउन विज्ञको आग्रह छ । बिहानदेखि बेलुकासम्म नै बाक्लो हुस्सु कुहिरोका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसोका कारण घर बाहिर निस्कनै समस्या भएको छ भने बजार पसल पनि बन्द छन् । धेरैजसो विद्यालय पनि बन्द गरिएको छ ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब