सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल ३ हजार ३ सय ५१

  • फागुन १२, २०७९ | ३४६ पटक पढिएको | सीमा संदेश
alt

सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार तीन सय ५१ तोक्ने निर्णय गरेको छ । यही फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०७९/०८० का लागि मूल्य निर्धारण गर्ने निर्णय गरेको हो ।

बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सरकारले सङ्घीय संसद् सचिवालयमा दर्ता भइ अहिले राष्ट्रिय सभामा विचाराधीन रहेको प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ लाई फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले नेपालको संविधानको धारा ५३ एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आव २०७८/०७९ को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ । सरकारले आउँदाे चैत १३ देखि १६ सम्म थाइल्यान्डको बैंककमा आयोजना हुने दीगो विकाससम्बन्धी १०औँ एसिया प्यासिफिक फोरम कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद्ले आयोगका सदस्य रामकुमार फुयाँललाई आउँदाे चैत १३ देखि १४ गतेसम्म स्विट्जरल्यान्डमा आयोजना हुने ‘स्याहारसुसार रोजगारी (आर्थिक) क्षेत्रमा समावेशी वृद्धि नीति र लगानीमार्फत् महिलाका लागि मर्यादित रोजगारी प्रवर्द्धन’ सम्बन्धी कार्यक्रममा सहभागी हुन स्वीकृति दिएको छ । बैठकले विकास आयोजनाको सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ ।

मध्यस्थता विवाद चलिरहेको मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्झौता अन्त्यसम्बन्धी निर्णयउपर दर्ता भएको मध्यस्थता विवादको निर्णय नभएसम्म थाइल्यान्डमा रहेकाे नेपाली दूतावासले खानेपानी मन्त्रालयसँग निकट सम्पर्क र समन्वयमा रही कानुनी प्रतिरक्षासम्बन्धी आवश्यक कामकाज गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

बैठकले यही फागुन १७ गते दक्षिण सुडानमा हुने फर्म्ड पुलिस युनियन (एफपीयू) को मेडल परेड कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई सहभागी हुन स्वीकृति दिएको छ । बैठकले दक्षिणकाली नगरपालिकाको प्रशासकीय भवन निर्माण गर्नका लागि सरकारी जग्गा उपयोग गर्न तथा यही फागुन २९ देखि चैत ३ गतेसम्म बेलायतमा हुने स्कुल लिडरसीप स्टडिज भिजिटमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीलाई स्वीकृति दिने निर्णय गरेको छ ।

सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई यही फागुन २३ देखि २५ सम्म जर्मनको बर्लिन सहरमा आयोजना हुने इन्टरनेशनल टुरिजम ब्रोसे (आईटीबी) बर्लिन २०२३ पर्यटन मेलामा सहभागी हुन स्वीकृति दिएको छ । बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने तथा नेपाल दूरसञ्चार प्राधिकरणमा कानुन सदस्यको पदमा नाम सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको नेतृत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । सरकारले लोकसेवा आयोगको सिफारिसमा स्वास्थ्य सेवाका ११औँ तहमा दुई जनालाई नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब