नेपालमा हरेक वर्ष थपिन्छन् ६९ हजार नयाँ क्षयरोगी, करिब १७ हजारको मृत्यु

  • चैत १०, २०७९ | ४५८ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । विश्व क्षयरोग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले भक्तपुरस्थित कार्यालयमा बिहान १०ः४५ बजे विशेष समारोह आयोजना गरेको छ ।

सन् १८८२ मार्च २४ का दिन डाक्टर रोबर्ट कोचले क्षयरोगको जिवाणु पत्ता लगाएका थिए । त्यसको एक सय वर्षपछि सन् १९८२ मा २४ मार्चको दिनलाई विश्व क्षयरोग दिवसको रुपमा मनाउने गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले यस वर्षको दिवसको मुख्य नारा ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं !’ तय गरेको छ । यही नाराका साथ नेपालमा पनि सप्ताहव्यापी रुपमा विश्व क्षयरोग दिवस मनाउँदै आइएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. नविन प्रकाश शाहले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभर ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी करिब १ करोड ६ लाख मानिसहरु क्षयरोगबाट पीडित भएका थिए । क्षयरोग नियमित उपचारले निको हुने भए पनि सन् २०२१ मा संसारभर क्षयरोगका कारण करिब १६ लाख मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।

नेपालमा पनि हरेक वर्ष नयाँ तथा पुराना गरी करिब १ लाख १७ हजार क्षयरोगका बिरामी हुने गरेको केन्द्रले जनाएको छ । हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामीहरु थपिने र करिब १७ हजार जनाको क्षयरोगका कारण मृत्यु हुने अनुमान गरिएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. शाह बताउँछन् । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३७ हजार ८६१ जना क्षयरोगका बिरामीहरु उपचारमा दर्ता भएका थिए जसमध्ये ६१.६ प्रतिशत पुरुष, ३८.४ प्रतिशत महिदला र करिब ८.७ प्रतिशत बालबालिका रहेका थिए । ९१.५ प्रतिशत बिरामीको उपचार भने सफल भई निको भएको तथ्यांक छ ।

नियन्त्रणमा चुनौती

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. शाहका अनुसार क्षयरोगका अनुमानित बिरामीको संख्या र उपचारमा आएका बिरामीको संख्याको अनुपात हेर्दा हरेक वर्ष झण्डै ३२ हजार क्षयरोगका बिरामीहरुमा रोग पत्ता लगाई उपचारको दायरामा ल्याउन सकिएको छैन । ‘राष्ट्रिय क्षयरोग कार्यक्रमका लागि यो एक चुनौतीको रुपमा रहेको छ,’ शाहले भने ।

नेपालमा औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या वार्षिक रुपमा करिब २ हजार ८०० रहेको छ । यो संख्या नेपालको कूल जनसंख्याको अनुपातमा अत्यन्त धेरै हो । विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि नेपाललाई पनि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ९४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने ६५९ जना मात्र उपचारमा दर्ता भएका थिए । ‘यसरी अनुमानित औषधि प्रतिरोधी क्षयरोगका बिरामी र रोग पत्ता लागी उपचारमा आएका बिरामीको संख्या हेर्दा २ हजार १०० जनाभन्दा बढी औषधि प्रतिरोधी क्षयरोगका व्यक्तिहरुको रोग पत्ता लगाई उपचारमा ल्याउन नसक्दा क्षयरोग कार्यक्रममा थप चुनौती देखिएको छ,’ निर्देशक डा. शाहले भने ।

दुई हप्ता वा सोभन्दा बढी समयसम्म खोकी लागिराख्नु, साँझपख ज्वरो आउनु, तौल घट्नु, खकारमा कहिलेकाहिँ रगत देखा पर्नु र खाना खान मन नलाग्नु क्षयरोगका लक्षण हुन् । यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ । क्षयरोगको औषधि स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ ।

मिर्चैयाबाट भरुवा कन्दुक बरामद

सिरहा प्रहरीले मिर्चैयाको जङ्गलक्षेत्रबाट वेवारीसे अवस् ...

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा भर्ना

सशस्त्र प्रहरीले ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना खोलेक ...

आमा सुरक्षा कार्यक्रमको धज्जी उडाइयो

प्रत्येक नागरिकको स्वास्थ्य सेवामा सामान पहुँच र निशुल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब