काठमाडौं । औषधि व्यवस्था विभागले वर्ष २०७९ मा १८८ वटा औषधि विक्रेता कम्पनीलाई निलम्बन गरेको छ ।
विभागले अनुगमनका क्रममा मापदण्ड विपरित बिक्री वितरण गर्ने १८८ विक्रेतालाई निलम्बन गरेको महालेखा प्रतिवेदनले देखाएको छ ।
अनुगमनबाटै २४ वटा कम्पनीलाई मुद्धा दायर गरिएको र दुई वटा उद्योगको उत्पादन बन्द गरिएको प्रतिवेदनमा उल्लेख छ । विभागले वर्षभर तीन हजार ६६३ विक्रेताको अनुगमन गरेको थियो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved