बोक्सीको आरोपमा कुटपिट गर्ने रामकुमारलाई १५ दिन कैद र जरिवाना

  • जेठ ३१, २०८० | ४५७ पटक पढिएको | सीमा संदेश
alt

राजविराज नगरपालिका– ६ की एकल महिला ४० वर्षीया कविता मिश्रलाई बोक्सीको आरोपमा कुटपिट गर्ने छिमेकी रामकुमार यादवलाई सप्तरी जिल्ला अदालतले १५ दिन कैद, १५ हजार क्षतिपूर्ति र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले मंगलबार उक्त मुद्दामा अन्तिम सुनुवाइ गर्दै रामकुमारलाई उक्त कैद र जरिवाना फैसला सुनाएको छ । कुटपिटमा सघाएको आरोप लागेका उनका परिवारका सदस्य रामअधिन यादव, पंचीदेवी यादव, उमेश यादव, राजेश यादव र रमेश यादवलाई भने अदालतले सफाइ दिएको छ ।

जिल्लामा बोक्सीको आरोपमा कुटपिटका दोषीलाई कैद र जरिवाना भएको तीन वर्षयताको यो पहिलो घटना हो । श्रीमतीलाई बोक्सी लगाई मारेको आरोप लगाएर रामकुमार र उनका परिवारका सदस्यले ०७६ साल कात्तिक १३ गते कबिता र परिवारका अन्य सदस्यमाथि कुटपिट गरेको भन्दै आफ्न्तजन प्रहरी हुँदै अदालतसम्म पुगेका थिए । बचाउन जाँदा कविताका आफ् न्तमाथिसमेत कुटपिट भएको प्रहरी र अदालतमा प्रस्तुत गरिएको जोहरी निवेदनमा उल्लेख गरिएको थियो । टाउँको, डाढ, हात र पेटमा गहिरो चोट लागेको कबिता स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा सात दिनको उपचारपछि घर फर्केकी थिइन् । कविताकातर्फबाट सरकारी वकिल जिल्ला न्यायाधिवक्ता अरविन्द मेहता, वरिष्ठ अधिवक्ता महेन्द्र कुमार चौधरी, नवराजकुमार क्षेत्री, अधिवक्ता देवबहादुर कटुवाल र शंकर कुमार मिश्रले बहस गरेका थिए । प्रतिवादीको तर्फबाट अधिवक्ता बालकिशोर यादव र कृष्णकुमार केसीले बहस गरेका थिए ।

अदालतको फैसलाबाट कविता र उनका परिवारजन भने पूर्ण सन्तुष्ट छैनन् । बोक्सीको आरोपमा आफ्नो हत्या प्रयास भएको र सख्त घाइते बनाएकाले अदालतले पीडकलाई कसुर अनुसारको सजायमा केही कमी गरेको कविताको गुनासो छ । पीडकको कुटपिटबाट सासु महामेघा, जेठानी लक्ष्मीदेवी मिश्र, भतिजा पारस मिश्र घाइते भएको र उपचारमै ३५ हजार खर्च भएको सुनाउँदै उनले भनिन्, “सोही अनुसारको सजाय र जरिवाना तोक्न नसकेको देखियो ।” छिमेकी रामकुमारको घरमा कुनै समस्या पर्दा मलाई नै आरोप लगाउथे, उनले भनिन् “सहन नसक्ने र कुटपिटमै उत्रिएपछि अदालतमा पुगेको हुँ ।” अदालतको फैसलाबाट राहत त मिल्यो, तर, पूरा न्याय नपाएको उनको गुनासो छ । बोक्सीको आरोप र कसुर सजाय ऐन २०७२ को दफा ३ (१ को क) मा अभियोगमा सो कसुरमा ६ महिनादेखि २ वर्षसम्म कैद र ५ हजार देखि २० हजारसम्म जरिवाना तथा सोही दफाको (ख) मा बोक्सीको आरोप लगाइ कसुर गर्ने व्यक्तिलाई १ वर्षदेखि ३ वर्षसम्म कैद र १० हजारदेखि ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब