अर्नमा गाउँपालिकाद्धारा नीति तथा कार्यक्रम सार्वजनिक

  • असार १, २०८० | ४९९ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा, ०१ असार । अर्नमा गाउँपालिका सिरहाले असारको पहिलो दिन शुक्रवार आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरको छ । कार्य सम्पादन मूल्याकंनमा सिरहाकै पहिलो र मधेश प्रदेशका चौथो हुन सफल अर्नमा गाउँपालिकाको लक्ष्य हासिल गर्न जनताको आशा विश्वासलाई जोगाउन गाउँपालिकाको समग्र विकास गर्न तथा "शिक्षा कृषि र स्वास्थ्य हाम्रो प्राथमिकता, समृद्ध अर्नमा निर्माणमा हामी सबैको प्रतिवद्धता" नारा साकार पार्न क्षेत्रगत, विषयगत, वडागत योजनाहरु नीति तथा कार्यक्रममा समावेश गर्ने गरी कार्यक्रम हुने गाउँपालिका अध्यक्ष अशोक कुमार यादबले प्रस्तुत सार्वजनिक गरेको हो ।

नीति तथा कार्यक्रमको प्राथमिकताका रुपमा सामाजिक विकासतर्फः शिक्षा र स्वास्थ्य, आर्थिक विकास क्षेत्रका कृषि ,पशु विकास र सहकारी, भौतिक पूर्वाधर, सिचाइ, उद्यमशिलताको विकास र रोजगारी सिर्जना, नीतिगत, कानूनी एवं संरचनागत विकास, सार्वजनिक सेवा प्रवाहमा सुधार र सार्वजिनक खर्चमा वित्तिय अनुशासन तथा पारदर्शिता, बालबालिकाको हित संरक्षण एवम् महिला सशक्तिकरण र क्षमता विकास, ऐतिहासिक एवं धार्मिक सांस्कृतिक धरोहरहरुको संरक्षण र प्रवर्द्धन, सरसफाई र वातावरणीय स्वच्छता अभिवृद्धि, बन बातावरण तथा विपद् व्यवस्थापन, अन्य सरकारी निकाय, गैर सरकारी संघ संस्थाहरुसँग समन्वय र सहकार्यलाई राखिएको छ ।

आ.व. २०८०।०८१ मा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, युवा तथा खेलकुद, कृषि तथा पशुपालन, पर्यटन तथा संस्कृतिक प्रवद्र्धन, सहकारी नीति, राजस्व परिचाल, आन्तरिक नियन्त्रण तथा लेखापरिक्षण, सडक तथा पुल निर्माण, भवन तथा शहरी विकास नीति, वातावरण संरक्षण तथा जलवायु परिवर्तन सम्बन्धि नीति, फोहोरमैला व्यवस्थापन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन, वित्तिय व्यवस्थापन, न्याय सम्पादन, सूचना तथा सञ्चार व्यवस्थापन, सार्वजनिक सेवा तथा संगठन लगायतका विषयमा बजेट विनियोजन गरिने गाउँपालिकाको प्रशासकीय प्रमुख कृष्णान्नद सिँहले बताए ।

स्थानीय सरकारको अनुभुती गराउने गरी गाउँपालिकाको कार्यक्रम बजेट विनियोजन हुनेछ । अर्नमा गाउँपालिकाले सरकारको संरचान तथा नियम कानुनका अधिनमा रही आफ्ना सम्पूर्ण कार्य तिव्र गतिमा गरिहेकोले गाउँवासिका सर्मथन र साथ सदैव रहने विश्वास रहेको पालिका अध्यक्ष यादबले बताए । 

सरकारको एने कानून अनुसारको ढाँचामा स्थानीय सरकार सञ्चालनको प्रयास अर्नमा गाउँपालिकाले सूरु गरकोले गाउँवासीहरु खुशी देखिएका छन् । पालिकाले बजेट विनियोजको प्रस्तुतिकरण असार ५ गते गर्ने योजना बनाएको छ । नीति तथा कार्यक्रम बारे विषय जानकारी यसै समाचारको लिंकाबाट अध्ययन गर्न सकिन्छ ः

आ.व.२०८०-८१ को नीति तथा कार्यक्रम

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब