महन्त जेलमा परेपछि सहयोगीहरु टाप

  • असार ५, २०८० | ४८७ पटक पढिएको | सीमा संदेश
alt

सरकारी कागजात र छाप किर्ते गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा राखिने जिल्ला अदालत रुपन्देहीको आदेशबाट जगरनाथ दास वैष्णव थुनामा गएसँगै सहयोगीहरु टाप कसेका छन् ।

गत सालको पुस २ ९ गते पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत रुपन्देहीले आदेश दिएको थियो । तर जिल्ला अदालतले दिएको आदेश विपरीत दासलाई प्रहरीले झण्डै डेढ महिना रुपन्देहीको सुविधा सम्पन्न सिद्धार्थ सिटी अस्पताल भैरहवामा राखेका थिए । थुनामा राख्ने आदेश हुँदा अदालत परिसरमा नै रहेका जगरनाथ दासलाई प्रहरीले उपचारका लागि भन्दै भैरहवास्थित सिद्धार्थ सिटी अस्पतालमा पु¥याएको थियो । उनको स्वास्थ्य परीक्षण सरकारी अस्पतालमा गराइएन् ।कारागारमा नलगी सोझै निजी अस्पतालमा दासलाई राखिएको थियो । उच्च अदालत बुटवलको इजलासले दासको अवस्थाबारे जानकारीका लागि पत्राचार गर्दा कारागार कार्यालयले जगरनाथ दास नामको व्यक्ति कारागारमा दाखिला नभएको माघ १२ गतेको पत्रद्वारा जानकारी गराएको थियो ।

सरकारी नियम कानुन अनुसार पक्राउ परेका व्यक्तिको स्वास्थ्य परीक्षण सरकारी अस्पतालमा गराइन्छ । बिरामी देखिए त्यहीँ उनको उपचारको प्रवन्ध मिलाइन्छ । तर रुपन्देही प्रहरीले महन्तलाई सरकारी अस्पतालमा उपचारका लागि लगिएको देखिदैन् । जिल्ला अदालत रुपन्देहीले महन्त दासका प्रमुख शिष्य श्रवण यादवलाई वैशाख ५ गते ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । सो ही मुद्दामा जनकपुरधाम उपमहानगरपालिका –१४ मुजेलियाका गंगाप्रसाद साहका छोरा उपेन्द्र कुमार साहलाई पनि पक्राउ पुर्जी जारी गरेको छ । महन्त दासले रुपन्देही स्थित मठको जग्गा बिक्री गरी बैंकमा रकम राखेको खाता जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रोक्का गरेको थियो । तर जगरनाथ दास वैष्णवले सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर र जिल्ला प्रशासन कार्यालय रुपन्देहीको छाप, लेटरप्याडसमेत किर्ते गरी बैंकबाट सो रुपैयाँ यादव र साहको खातामा ट्रान्सफर गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयले किर्ते जालसाजी सम्बन्धी मुद्दा दायर गरेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीले दासलाई मटिहानी स्थानबाट नै पक्राउ गरी रुपन्देही पठाइएको थियो । तर दासलाई निकै समय अस्पतालमा नै राखिएपछि उच्च अदालतले चासो लिएको थियो । प्रहरी अनुसन्धानको क्रममा पनि उनलाई अस्पतालको सुविधा उपलब्ध गराइएको थियो । अदालतले थुनामा राख्न आदेश दिएपछि जगरनाथ दास कारागार चलान भएका छन् । जगरनाथ दासले गुठी संस्थानको सयौं बिघा जमिन अवैध रुपमा बेचबिखन गरेको आरोप छ । मटिहानी स्थानका जनकपुरधाम लगायत विभिन्न शहरहरुमा रहेका महत्वपूर्ण जग्गा बिक्री गरिसकेका छन् । उनको जग्गा बेचबिखनका मतियारहरु भने अहिले उनको साथ छाडेका छन् ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब