सिरहा, ०६ असार । सिरहाको अर्नमा गाउँपालिकाले आ. व. २०८०/०८१ का लागि दोस्रो गाउँसभा मार्फत रु.३८ करोड २४ लाख ८२ हजार ६ सय रुपैयाँको बजेट सार्वजनिक गरको छ । नेपालको संविधानको धारा २२९ का उपधारा (२) बमोजिम गाउँसभाले विनियोजित बजेट सार्वजनिक गरिएको हो ।

आर्थिक वर्ष २०८०/०८१ को निमित्त संञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार अन्तर्गत गाउँ कार्यापालिका वडा समिति, विषयगत शाखाले गनेृ सेवा र कार्यहरुका निमित्त अनुसुचि १ मा अल्लिखित चालु खर्च, पुँजितग खर्च र वित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रकम नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।
विनियोजित बजेट खर्च कर्मचारीहरुको तलबमा रकम रु.१ करोड ६४ लाख, शाखागतमा रकम रु.२ करोड १६ लाख १५ हजार, करार कर्मचारीको तलबमा रु.१ करोड ५० लाख, पदाधिकारी सुविधा रु. १ करोड, कार्यालय व्यवस्थापन तथा संचालन रु.८० लाख, अध्ययन अनुसन्धान तथा सोफटवोयर रु.८०, भवन व्यवस्थापन तथा सञ्चालन रु.८० लाख, अनुदान तथा विवरण रु. ५० लाख, दलित समुदायको शसक्तिकरण सम्बन्धी तालिम रु.१० शसर्त रु.१४ करोड ५५ लाख, शसर्त प्रदेश रु. ८० लाख, समपुरक ( संघ र प्रदेश) रु.१ करेड २० लाख र विशेष (संघ र प्रदेश) रु. १ करोड ४५ लाख गरिने छ ।पालिकाले आर्थिक ऐन, २०८० जारी गरी करको दायरालाई फाकिृलो बनाएको छ ।
बजेटलाई पालिकाका सबै तहतपकाका व्यक्तिहरुले सकारात्म रुपमै लिईएका छन् । प्रस्तुत गरिएको बजेटले सम्पूर्ण क्षेत्रलाई छोएको छ । बजेट कार्यन्वयनमा ध्यान दिन सके अर्नमा गाउँपालिकाको सबै क्षेत्रमा परिवतृन देखन् सकिने विश्वास रहेको कार्यक्रममा सहभागी गाउँवासिहरुका भनाई रहेका थिए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved