उपप्रमुख विरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालतको आदेश

  • असार ७, २०८० | ५११ पटक पढिएको | सीमा संदेश
alt

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उपप्रमुख मीरा यादव विरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालत जनकपुर इजलास, राजविराजले आदेश दिएको छ ।

भारतीय नागरिक मीरा नेपालको नागरिकता लिइ उपप्रमुखसमेत बनेकी र प्रहरी, प्रशासनले मुद्दा दर्ता गर्न नमानेको भन्दै डाक्नेश्वरी नपा ३ का कृष्णकुमार यादवले परमादेश आदेशको माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरेका थिए । ५ जेठमै मुद्दाको भएको फैसला बमोजिम अदालतले बुधबार उच्च सरकारी वकिलको कार्यालय, राजविराजलाई आदेशको जानकारी गराइदिन पत्र पठाएको छ । ‘निवेदक कृष्णकुमार यादव र विपक्षी जिल्ला प्रहरी कार्यालय राजविराज, सप्तर ीसमेत भएको परमादेश रिट निवेदनमा विपक्षीमध्येका जिल्ला प्रहरी कार्यालय, सप्तरीका नाममा परमादेशको आदेश जारी हुने ठहर यस अदालतबाट जेठ ५ गते आदेश भइ उक्त आदेश असार ३ गते प्रमाणीकरण भएको हुँदा उक्त आदेशको प्रमाणित प्रतिलिपिसमेत यसै साथ राखी जानकारी गराइएको छ’ पत्रमा भनिएको छ, ‘सोको जानकारी त्यहाँ कार्यालय मार्फत् विपक्षीलाई जानकारी गराइदिनुहुन आदेशानुसार अनुरोध छ ।’

उपप्रमुख मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव भारतको विहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको भन्दै साउन २०७९ मा जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत परेको थियो । मीरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठो विवरण पेश गरेर नागरिकता लिएको आरोपिको दाबी छ ।

भारतको निर्वाचन नामावली २०२२ मा मीराको नाम रहेको दाबी गरिएको छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेश गरेको शपथपत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचानपत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाणको रुपमा उजुरीमा समावेश गरिएको छ ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब