व्यवसायीहरुलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण बन्द गर्न आग्रह

  • असार १५, २०८० | ३४८ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम उपमहानगरपालिकाभित्र सुर्तीजन्य पदार्थ बिक्रि वितरण नगर्न व्यवसायीहरुलाई आग्रह गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह र धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले संयुक्तरुपमा सुर्तीजन्य पदार्थ र गुटखा बिक्री वितरण बन्द गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा मेयर साहले सुर्ती सेवनले क्यान्सर जस्ता रोग लाग्ने बताउँदै यसबाट बच्न जनचेतनाको खाँचो रहेको बताए । उनले भने, ‘अभिभावकले पनि यसतर्फ ध्यान दिनुपर्छ । अहिले चुरोट सेवन गर्नेहरुको पनि बढोत्तरी भइरहेको छ ।’

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले युवाहरु चुरोट सुर्तीसँगै नशीलो ट्याब्लेट र सुईको अन्धाधुन्ध प्रयोग गर्दै आइरहेको बताउँदै भारतबाट सीमावर्ती शहरमा ल्याएर सेवन गर्दै आएकोले यसको रोकथामका लागि कडाईमा बढोत्तरी गर्नुपर्ने बताए । नागरिक समाज जनकपुरधामका अध्यक्ष मुरली मनोहर मिश्रले मेयर साह र प्रमुख जिल्ला अधिकारी दाहाललाई शिक्षा सुधारका लागि ज्ञापनपत्र पनि हस्तान्तरण गरेका थिए । सुर्तीजन्य पदार्थ र गुटखा अस्पताल, शिक्षालय, देवालयको २०० मिटरभित्र बिक्री वितरण बन्द गर्नका लागि मिश्रको नेतृत्वमा क्याम्पस चोकदेखि रा.रा.व क्याम्पसको गेटसम्म जनचेतना अभियान सञ्चालन गरिएको थियो ।

कार्यक्रममा रा.रा.ब. क्याम्पसका स्ववियु सभापति मनिष यादव, नेविसंघ धनुषाका सभापति सुजित कुमार यादव, अमरकुमार साह, मनोजकुमार चौधरी, शम्भुनाथ झा, नन्दकिशोर ठाकुर, सोनु झा, उमेशकुमारलगायतकाहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब