कुकुर पिचेको विवादमा गोली प्रहार, श्रवणको अवस्था गम्भीर

  • असार २१, २०८० | ३४५ पटक पढिएको | सीमा संदेश

महोत्तरीमा मोटरसाइकलले कुकुरलाई किच्ने प्रयास गरेको विवादमा गोली प्रहार भएको छ । रामगोपालपुर नगरपालिका १ बसबिट्टिका ३८ वर्षीय कौशल मण्डलले ४४ वर्षीय श्रवण यादव माथि गोली प्रहार गरेको छ । मंगलबार दिउसो कौशलले चलाएको बा.२८ प. ९८८ नम्बर प्लेटको मोटरसाइकलबाट श्रवणको कुकुरलाई छोएको थियो ।

सोही विषयमा श्रवणसहितले कौशलमाथि हातपात गरेको थियो । त्यतिबेला नै कौशलले उनलाई गोली मार्ने धम्की दिएका थिए । साँझ घरबाट पेस्तोल लिएर रामगोपालपुर चोकमा श्रवणमाथि उनले गोली प्रहार गरेको महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीप गिरीले जनाएका छन् । उनका अनुसार कौशलले श्रवणमाथि दुई राउण्ड गोली प्रहार गरेका छन् । गोली प्रहार गरेका कौशल महोत्तरी प्रहरीको हिरासतमा छन् । मण्डलबाट गोली प्रहार गरेको पेस्तोल र तीन राउण्ड गोलीसमेत प्रहरीले बरामद गरेको छ । कौशलमाथि जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

श्रवणको जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरको आइसीयुमा राखेर उपचार भइरहेको छ । श्रवणको घाँटीमा गोली लागेर कन्चटबाट निस्केको उपचारमा संलग्न चिकित्सक डा.सौरभ कर्णले जनाएका छन् । उनका अनुसार अर्को गोली छातीमा लागेको छ । त्यो गोली अस्पताल ल्याएर निकालिएको थियो । घाइते यादवको अवस्था गम्भीर रहेको चिकित्सक कर्णले बताए । श्रवणलाई गोली प्रहार गरी मण्डल भाग्न खोज्दा स्थानीयले पक्राउ गर्न खोजेका थिए । उनलाई पक्राउ गर्न खोज्दा लछारपछारबाट समेत दुई जना घाइते भएका छन् ।

श्रवणको छोरा अविनाश यादव र स्थानीय सियाशरण मण्डल घाइते भएको श्रवणका सालो सुदिप यादवले बताए । उनका अनुसार यी दुबै जनाको उपचार रामगोपालपुरकै अस्पतालमा भइरहेको छ । ‘श्रवण बसबिट्टि हुँदै आफ् नो घर लक्ष्मीपुर गइरहेका थिए, मोटरसाइकलले कौशलको घरको कुकुरलाई पिच्ने प्रयास उनले गरेका थिए,’श्रवणको सालोले भने,‘ त्यसपछि दुबै पक्षबीच गालीगलौज भएको थियो ।’ श्रवण परिवारसहित भारतमा बस्ने गरेका थिए । डेढ वर्षअघि आएर यतै बस्न थालेका थिए । तर, कौशल दश दिन अघि मात्रै कुवेतबाट फर्केका छन्।

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब