‘साउनदेखि अवैध अस्पताल पूर्णरुपमा बन्द हुने’ : मन्त्री सिंह

  • असार २४, २०८० | ३९२ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशमा संचालित अवैध स्वास्थ्य संस्था,अस्पताल तथा क्लिनिकहरु यही साउन महिना देखि पूर्णरुपमा बन्द हुने मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले बताएका छन् ।

हामीले मधेश प्रदेशका ८ वटै जिल्लामा संचालनमा रहेका निजी स्वास्थ्य संस्थाहरुलाई अध्यावधि गराउन सूचना प्रकाशन गरेको छ । साउन महिना भित्रमा सूची दर्ता नगराउने सबै निजी स्वास्थ्य संस्थालाई अवैध ठहर गर्दै बन्द गर्ने प्रक्रिया अगाडि बढाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहले सर्लाहीको मलंगवा स्थित प्रादेशिक अस्पतालमा पाठेघर झर्ने–आङ्ग खस्ने–समस्याबाट पीडित महिलाहरुको लागि निःशुल्क शल्यक्रिया शिविरको उद्घाटन गर्दै उनले सो कुरा बताएका छन् ।

शिविरको उद्घाटनमा मन्त्री सिंहले थप्दै भने प्रादेशिक अस्पतालबाट प्रवाह हुने भिडियो एक्सरे, एक्सरे तथा अरु सेवाहरुको लागि कुनै पनि बिरामीहरुलाई निजी अस्पताल जानु परे मलाइ तुरुन्तै सम्पर्क गर्न आग्रह गरेका छन् । मन्त्री सिंहले प्रादेशिक अस्पताल मलंगवाको निरीक्षण गर्दै उनले निकट भविष्यमा यस अस्पताललाई १ सय बेडमा रूपान्तर गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे । स्वास्थ सेवालाई चुस्त दुरूसत पारि सरसफाइमा निरन्तर ध्यान दिन उनले सुझाएका थिए । प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय सपही, धनुषाको आयोजनामा असार २३ गतेदेखि असार २७ गते सम्मको लागि महिलाको पाठेघर खस्ने समस्या सम्बन्धी निःशुल्क शल्यक्रिया प्रादेशिक अस्पताल मलंगवामा सुरु भएको छ ।

शिविरमा स्वास्थ्य निर्देशनालयका निर्देशक डा राजीव कुमार झाको अध्यक्षतामा आयोजना भएको शिविरको उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथि निर्देशनालयका सचिव डा. प्रमोद कुमार यादव, मेडिकल सुपरिटेन्डेन्ट डा. नवल किशोर झा, जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह, प्रादेशिक अस्पताल मलंगवाका अध्यक्ष सतिश कुमार साह, मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम, डा.सरोज कुमार यादव, अस्पतालका कर्मचारी, डाक्टरलगायतको उपस्थिति रहेको थियो ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब