धनुषामा गोली हानी महिलाको हत्या

  • साउन ७, २०८० | ४७४ पटक पढिएको | सीमा संदेश
alt

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको वडा नम्बर– २ मा एकजना महिलालाई शनिबार राति गोली हानी हत्या गरिएको छ ।

नेपालको सर्वाधिक होँचो जमिन रहेको मुखियापट्टी मुसहरनियाको वडा नम्बर –२ को बेल्ही टोलमा बस्ती भन्दा करीब ५० मिटर उत्तर पूर्वको सडकमा महिलालाई गोली हानिएको स्थानीय वासिन्दाहरुले जनाएका छन् । मृतक महिलाको पहिचान खुल्न सकेको छैन् । बेल्ही टोलकी महिला नभएको स्थानीयहरुको दाबी छ । घटनास्थलमा पुगेका धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जनाए अनुसार घटनास्थलमा २ वटा गोलीको खोका फेला परेको छ । स्थानीयहरुका अनुसार राति करीब सवा ८ बजे गोली चलेको आवाज आएको थियो । महिलाको शव नेपाल र भारतको सीमा स्तम्भकै सामुने रहेको स्थानीय प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।

घटनास्थलमा भारतीय प्रहरी पनि पुगेका छन् । प्रहरीका अनुसार घटनामा २ वटा मोटरसाइकल प्रयोग भएको छ । स्थानीय वासिन्दाहरुले एउटा मोटरसाइकलमा २ जना सवार रहेको र भारततर्फ जाने बाटोबारे सोधेका थिए । महिलाको पहिचान भारतीय नागरिकको रुपमा खुले शव भारतीय प्रहरीलाई जिम्मा दिने र नेपालीको रुपमा पहिचान भए पोष्टमार्टमका लागि जनकपुरधाम ल्याइने प्रहरीले जनाएको छ ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब