सामूहिक बलात्कार गर्ने तीन जना पक्राउ

  • साउन ९, २०८० | ५७७ पटक पढिएको | सीमा संदेश
alt

सप्तरीको कंचनरुप नगरपालिका– १२ की एक १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको घट्नाको ८ दिन नवित्दै पुनः सामूहिक बलात्कारको अर्काे घट्ना भएको छ । पछिल्लो घट्नामा शम्भुनाथ नगरपालिका ५ की तीन सन्तानकी आमा ३५ वर्षीया महिला यौन पिपासुहरुको शिकार बन्न पुगेकी छन् । ती महिलालाई शनिबार राति ९ः३० बजेतिर सोही वडाका ५ जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार पीडित र आफ्न्तले आइतबार प्रहरीमा उजुरीपछि मात्र सो कुरा बाहिर आएको छ । उनले महिलालाई बलात्कार गर्ने मध्येका सोही वडाका २५ वर्षीय शिव कुमार सदा, ४० वर्षीय उमेश सदा र ३२ वर्षीय श्रीनारायण सदा आइतबार नै पक्राउ परिसकेको जानकारी समेत दिएका छन् । उनीहरुलाई सोमबार सप्तरी जिल्ला अदालतबाट जवर्जस्ती करणी सम्बन्धी कसुर मुद्दामा म्याद थप गराइ अनुसन्धान थालिएको तथा फरार रहेका २५ वर्षीय फुल कुमार सदा र २३ वर्षीय शिव सदाको खोजी कार्य तीव्र पारिएको डिएसपी सिंहले बताए ।

वडाध्यक्ष जामुन प्रसाद चौधरीका अनुसार पीडित महिला सोही दिन सिरहाको छारापट्टी स्थित माइतबाट घर फर्किदै थिइन । बिरामी बोकेको एम्बुलेन्स चढी माइतबाट हिडेकी उनी राति ९ः३० बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत घर नजिकैको सडक खण्डमा ओर्लेकी थिइन । त्यहाबाट उनको घर ६ सय मिटरको दूरीमा पर्दछ । पैदलै घरतर्फ जाँदै गर्दा एकान्त स्थलमा देखेर अचानक ५ जनाको समूहले मुख थुनी नजिकै नर्सरीमा लगेर बलात्कार गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीको कथन छ । उक्त एम्बुलेन्स चालक पीडित महिला कै भाइ छन् । बिरामी बोकेर भाइ एम्बुलेन्स लिएर विराटनगरतर्फ जाँदै गरेको थाहा पाएपछि आफूलाई पनि घरसम्म लगिदिनु भनी भाइलाई भनेको पीडित महिलाले सुनाइन । ‘एम्बुलेन्समा बिरामी बोकेको भाइले घर सम्मै पु¥याइ दिन्थे, तर बिरामी भएकाले मैले पनि जिद्दी गरिन र घरबाट केही पर नै ओर्लेर पैदलै हिडे, उनले भनिन ।’ घर जादै गर्दा अचानक उनीहरुले घेरा हालेर समाए र बाटोबाट उठाएर नर्सरी भित्र लगेर बलात्कार गरेको उनले सुनाइन । यो कुरा कसैलाई भने ज्यान मार्ने धम्की समेत दिएको उनले बताइन ।

पीडित युवतीको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण गराइएको छ । यस अघि गत असार ३१ गते राति ९ बजेतिर आमा र बहिनीसंगै वसिरहेकी कंचनरुप नगरपालिका १२ की १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको थियो । आमा र बहिनीलाई कोठा मै थुनेर सोही वडाका ४ जनाले ती किशोरीलाई नजिकैको एक खाली घर मा लगी पालैपालो बलात्कार गरेका थिए । ती घट्नमा संलग्न चारै जना प्रहरी नियन्त्रणमा छन् । बलात्कारको एकपछि अर्काे घट्नाले स्थानीय समाजमा त्रास फैलिएको छ । यस्ता जघन्य अपराध गर्नेलाई कडा कारबाही हुनुपर्ने स्थानीयले माग गरेका छन् ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब