स्थानीय र प्रहरीबीच भीडन्त दुई प्रहरी घाइते

  • साउन १७, २०८० | ४४८ पटक पढिएको | सीमा संदेश
alt

बाराको जितपुर सिमरा–१६ टाङीयाबस्तीमा स्थानीय र प्रहरीबीच भीडन्त भएको छ ।

इलाका प्रहरी कार्यालय निजगढबाट मंगलबार बिहान ६ बजे हतियार रहेको आंशकामा छापामारी गरी पक्राउ गरेका ३५ वर्षीय सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान नदिन दोहोरो भीडन्त भएको छ । करीब तीन सयको संख्यामा आएका स्थानीयले १५ जनाको संख्यामा रहेका प्रहरीटोलीमाथि ढुंगा मुढा गरी हतियारसहित पक्राउ परेका लामालाई हतकडीसहित उम्काएका छन् । दोहोरो भीडन्तमा प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक कलम बहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी घाइते भएका छन् । शाहीको बाँया हातमा चोट लागेर घाइते बनेका छन् भने गिरीको बाँया कुम्भ र बाँया हातमा चोट लागेर घाइते भएका छन् ।

स्थानीय प्रहरी विरुद्ध खनिएपछि प्रहरीले पाँच राउण्ड हवाइ फायरसमेत गरेको थियो । ठूला हतियार रहेको सूचनाको आधारमा निजको घरमा छापा मार्नको लागि प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा बिहानै पुगेको थियो । छापामारीपछि लोड भएको भरुवा बन्दुकसहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुचुल्का बनाएर लैजाने क्रममा जंगल छेउ बाटोमा दोहोरो भीडन्त भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए । उक्त स्थान प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ ओटा र नग्रा ३ वटा बरामद गरेको बोगटीले जानकारी दिए । लामा बन्यजन्तुको शिकारीमा संलग्न रहेको जनाउँदै खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

गोलबजारको एबी मलमा सहित एक दर्जन घरमा आगजनी

सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका ...

गोलबजारमा गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक ...

प्रभु बैङ्कमा अनियमितता, प्रमुख व्यवसाय अधिकृत पन्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प ...

‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्दै रास्वप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब