स्रोत नखुलेको पौने नौं लाखभन्दा बढी नगद सहित एक जना पक्राउ

  • साउन २७, २०८० | ४५८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २७ साउन। सिरहा प्रहरीले स्रोत नखुलेको पौने नौं लाखभन्दा बढी नगद सहित एक जनालाई नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयलाई बुझाएको छ।

प्रहरीले सिरहा नगरपालि १७ नेपाल भारत सीमाबाट नेपाल तर्फ आउदै गरेको बा.१२ प १६३७ नम्वरको मोरटसाईमा समार स्थानीय ४८ वर्षिय संजिव कुमार साहलाई आठ लाख७५, हजार ७६० रुपैयाँ स्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएको हो।

364170809_6692614704158756_5919158457298382627_n

गोप्य सुचनाको आधारमा प्रहरी चौकी खिरौना सिरहाबाट प्रहरी सहायक निरीक्षक दुर्गा प्रसाद यादवको कमाण्डमा खटिगएको टोलीले शंका लागी रोकी चेकजाँच गर्दा साहको साथबाट शरीरमा बेरीएर राखेको नेपाल रुपैयाँ आठ लाख ७५ हजार ७६०रुपैयाँ र भारतीय रुपैया ४६ हजार एक सय बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबन्द्र राज पाण्डेले जानकारी दिए।

नियन्त्रणमा लिईएको रकम सहित आवश्यक अनुसन्धानको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरी पठाईएको प्रहरीले जनाएको छ।

भारतीय बजारमा नेपाली ग्राहकले सामाग्री खरिद गर्दा प्राप्त नेपाली रकम ल्याएको हुन सक्ने स्थानियले बताएको छ। भारतीय व्यसायीहरुले नेपाली वरुपैयाँ नेपालीहरुको नाममा नेपालमै खाताखोली भारतमा एटीएमबाट रकम झिक्ने गरेको बताइन्छ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब