हत्या अभियोगमा दुई जना पक्राउ

  • साउन २९, २०८० | ५३० पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २९ श्रावण । सिरहा प्रहरीले कुर्मीको हत्याको  अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

सिरहाको मिर्चैया साना शहरी तथा खानेपानि संस्थामा पालेको रुपमा कार्यरत ६० वर्षिय किशोरी राय कुर्मीको हत्या अभियोगमा दुई युवकलाई पक्राउ परेका छन्। 

कुर्मिको हत्या अभियोगमा प्रहरीले धनुषा धनुषाधाम नगरपालिका घरभई हाल सिरहाको मिर्चैया ७ बस्ने २२ वषिए रबिन सदा र मिचैया ५ का २० वर्षिय दिपक सदालाई पक्राउ गरेका हुन्।

मिर्चैया साना शहरी तथा खानेपानि संस्था मिर्चैया ७ मा कुर्मिको गत असार ११ विहान सरीरको विभिन्न भागमा धारीलो हतियार प्रहारगरी हत्या गरिएको अवस्थामा कार्यालय परिसरमै शव भेटिएका थिए।

प्रहरीले घटनास्थल नजीकै मिर्चैया नगरपालिका ६ जिवा टोलस्थित ज्ञानी केसीको आँप बगैचामा भेटिएको रगत लागेको हाफ सर्ट र जिन्सको हाफ पाईन्ट, मिर्चैया ५ का दिपक सदाको सीडीआर विवरण र घटनास्थलको वीटीएस डाटाकोआधार र मिसिल,प्रतिवेदन प्रतिवेदनको आधार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मलेन मार्फत जनाएको छ।

प्रहरीले चोरी गर्ने उदेश्यले त्यहाँ पुगेका युवकहरुले हत्या गरेको बताएको छ। पक्राउ परेका उनीहरुलाई आजै जिल्ला अदालत सिरहाबाट म्याद थपगरी आवश्यक अनुसन्धान गरिहेको प्रहरीले जनाएको ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब