चोरीको मोटरसाईकलसहित दुई जना पक्राउ

  • साउन २९, २०८० | ४२८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २९ श्रावण । सिरहा प्रहरीले चोरीको मोटरसाईकल सहित दुई जनालाई छुट्टाछुटै स्थानबाट  पक्राउ गरेको छ ।

बरियारपट्टी गाउँपालिका वडा नं. २ खोक्सी टोल स्थितबाट २६ गते शम्भु साह सुडीले पार्किङ गरी राखिएको  स.१० प २४५९ नम्बरको मोटरसाईकल चोरी गरी भागदै गरेको अवस्थामा पक्राउ गरेको छ । 

सिरहको  धनगढीमाई नगरपालिका वडा नं.८ कसहा  बस्ने  जिवछ यादवको छोरा बर्ष १९ को रतन कुमार यादवलाई औरही गाउँपालिका वडा नं. ५ वाट नियन्त्रमा लिएको छ । ,

त्यसै गरी  गोलवजार नगरपालिका वडा नं. ४  वस्ने जगरनाथ दासको स.८प ८२१२ नम्वरकेको कालो रंगको पल्सर मोटरसाईकल सायन २४ गते चोरी भएका थिए ।

प्रहरीले खोजतलाश गर्दै जादा सोही ठाउ बस्ने धिरज कुमार यादवलाई ईलाका प्रहरी कार्यालय महेसपुर पतारी तथा मातहत समेतवाट खटिएको प्रहरी टोलीले मोटर साईकल सहित पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

निजहरुलाई औरही गाउँपालिका वडा नं ५ वाट मोटरसाईकल सहित नियन्त्रणमा लिई  सिरहा जिल्ला अदालतबाट म्याद थप गरी   अनुसन्धान  भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

गोलबजारको एबी मलमा सहित एक दर्जन घरमा आगजनी

सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका ...

गोलबजारमा गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक ...

प्रभु बैङ्कमा अनियमितता, प्रमुख व्यवसाय अधिकृत पन्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प ...

‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्दै रास्वप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब