भूमाफियासंग कर्मचारीको साँठगाँठ, दर्ता विनै जग्गाको रसिद

  • भदौ ४, २०८० | ४१४ पटक पढिएको | सीमा संदेश
alt

विगत ३६ बर्ष भन्दा लामो इतिहास बोकेको सप्तरीको इटहर्वा बजारको विवादित जग्गामा भूमाफियासंग कर्मचारीहरुको साँठगाँठ भएको पाइएको छ ।

अग्निसाईर कृष्णासवरन गाउँपालिका २ स्थित रहेको वडामा दर्ता नभएको जग्गा अर्को वडा कार्यालयबाट मालपोत रसिद काटेपछि भूमाफियासंग कर्मचारीको साँठगाँठ रहेको तथ्य खुलासा भएको छ । बजारको सार्वजनिक जग्गा जालझेल गरेर व्यक्तिले कब्जामा लिएपछि उक्त जग्गा विवादमा थियो । विवाद उत्कर्षमा पुगेपछि वडा कार्यालयले उक्त जग्गा दर्तामा रोक लगाएको थियो । स्थानीय तहले अनलाइन दर्ता गर्दा छुटेको जग्गाको मालपोत रसिद भने अर्कै वडाबाट काटेपछि कर्मचारीहरुको समेत मिलेमतोमा सार्वजनिक सम्पत्ति कब्जा हुने गरेको पुष्टि भएको छ । विगत ६ बर्षदेखि २ नम्बर वडा कार्यालयबाट रसिद काट्न छुट भएको उक्त जग्गाको सोही गाउँपालिकाको वडा नम्बर ४ र ५ बाट काटेको भेटिएको छ ।

२०७९ माघ १० गते वडा नम्बर ४ बाट सोही वडामा कार्यरत कर्मचारी प्रवीण कुमार यादवले आव २०७८/०७९ को मालपोत रसिद काटेका छन् भने वडा नम्बर ५ बाट सोही वडामा कार्यरत कर्मचारी रञ्जना कुमारी चौधरीले २०८० श्रावण ११ गते २०८०/०८१ को रसिद काटेको पाइएको छ । उक्त रसिदमा जग्गा धनीको ठेगानामा समेत झुठो विवरण राखिएको छ । जग्गा धनी भनिएका सत्रुधन कुमार ठाकुर धनुषा बासी भए पनि अग्निसाईर कृष्णासवरन गाउँपालिका ४ भनी रसिदमा झुठो विवरण उल्लेख छ । अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरीले वडामा दर्ता नै नभएको जग्गाको रसिद काट्नुमा ठूलै चलखेल भएको हुनसक्ने आशंका गरे । जग्गाको चारकिल्ला प्रमाणितका लागि सिफारिस माग्न आएपछि आफूले अर्कै वडाबाट रसिद लिएको थाहा पाएको उनले बताए । उनले वडामा दर्ता नै नभएको जग्गाको रसिद काट्ने कर्मचारीहरुमाथि छानबिन गरी कारबाही हुने बताए । बजार ब्यबस्थापन समितिले हाल बजार लागेको जग्गा २०४४ सालमा तत्कालीन सगरमाथा अञ्चलाधीश सूर्य बहादुर सेन ओलीले बजारको उद्घाटन गरेको जनाउँदै जग्गा बजारको भएको दाबी गरेको छ । ३६ बर्ष भन्दा लामो इतिहास बोकेको बजारको जग्गा राजेश्वर प्रसाद सिंहबाट नामसारी गरी २०७२ जेठ २२ गते राजविराजका राजेश दासले लिएका थिए ।

एक बर्ष नवित्दै राजेश दासले राजविराज कै फुरकन अहमद खाँको नाममा २०७२ चैत २ ९ गते नामसारी गरेका छन् । खाँले २०७४ असार ६ गते धनुषाका सत्रुधन कुमार ठाकुर लाई जग्गा नामसारी गरेको छ । ३६ बर्ष अघि तत्कालीन जग्गा धनी देबी नारायण सिंहले बजारलाई तत्कालीन सीतापुर गाविस वडा नम्बर ७ ( क) कित्ता नम्बर ६५५ भएको १ बिधा २ कठ्ठा १७ धुर जग्गा दान गरेपछि बजारकालागि आश्यक पूर्वाधारहरु निर्माण ग्रामीण विकास केन्द्रले गरेर बजार लागेको बजार व्यवस्थापन समितिका अध्यक्ष मिलन चौधरीले बताए । उनका अनुसार तत्कालीन श्री ५ ऐश्वर्य राज्य लक्ष्मी देबी शाहको ३९औं जन्मोत्सव अवसर पारेर २०४४ सालमा तत्कालीन अञ्चलाधीश सूर्य बहादुर सेन ओलीले बजारको उद्घाटन गरेका थिए । उनले बजार लाग्दै गरेको जग्गा बजारको ऐतिहासिक आधारमा पनि बजारकै भएको दाबी गरे । उनले भूमाफियाहरुले जग्गा हडप्नको लागि विभिन्न जालझेल गरेपछि जग्गाधनी भई बजार विस्थापित गर्न खोजेको आरोप लगाए । आर्थिक प्रलोभनमापरि कर्मचार ीहरुले भूमाफियाहरुलाई सघाएको बताउदै अध्यक्ष चौधरीले सार्वजनिक जग्गा कब्जामा संलग्न कर्मचारीहरुलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन आग्रह गरे ।

गोलबजारको एबी मलमा सहित एक दर्जन घरमा आगजनी

सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका ...

गोलबजारमा गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक ...

प्रभु बैङ्कमा अनियमितता, प्रमुख व्यवसाय अधिकृत पन्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प ...

‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्दै रास्वप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब