एकै परिवारका तीन जनामाथि चक्कु प्रहार

  • भदौ ५, २०८० | ४५१ पटक पढिएको | सीमा संदेश
alt

कैलाली । बझाङको सदरमुकाम चैनपुरमा एकै परिवारका ३ जनामाथि मध्यरातमा चक्कु प्रहार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सुर्मा गाउँपालिका–३ घर भई चैनपुरमा डेरा गरी बस्ने ३ सदस्यमाथि अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका छन् ।

गए राति सुनिता विक र उनका दुई छोरा आदित्य र यवनमाथि चक्कु प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

कलम बिक काठमाडौँमा छन् । उनी नभएको अवस्थामा श्रीमती र दुई छोरा माथि चक्कु प्रहार गरिएको हो । भान्सामा तरकारी काट्ने चक्कुले उनीहरूमाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ।
घाइते तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भण्डारीले जानकारी दिए ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब