प्रभु साहमाथि गाली बेइज्जती मुद्दा दता

  • भदौ २७, २०८० | ४१० पटक पढिएको | सीमा संदेश
alt

पूर्व मन्त्री समेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साहसहितका ५ जना नेतामाथि मंगलवार गाली बेइज्जती मुद्दा दर्ता गरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटका जिल्ला कार्यकारिणी समिति सदस्य तथा समाजवादी युवा संघ रौतहटका इन्चार्ज सन्जीव कुमार यादवले जिल्ला अदालत गौरमा उनीहरुमाथि गाली बेइज्जतीको मुद्दा दर्ता गराएका छन् ।

आजपाका नेता उपेन्द्र साह, त्रिभुवन भनिने अमर साह, चन्देश्वर साह र प्रवक्ता चन्द्रभुषण साहमाथि जिल्ला अदालत रौतहटमा गाली बेइज्जतीको मुद्दा दर्ता गरिएको यादवले जनाए । ‘प्रभु साहको निर्देशनमा आफूलाई घेरा हाली हातपात गर्नुको साथै गाली बेइज्जती गरिएको छ ’ उनले भने, आफ्नो मान मर्यादा र प्रतिष्ठामा आँच पु¥याउने काम गरिएकाले मुद्दा दर्ता गरेको छु । साह बिरुद्ध दर्ता गरिएको मुद्दाको जिल्ला अदालत रौतहटमा दर्ता नम्बर ०११८ कायम भएको छ ।

३३ वर्षीय यादवले दायर गरेको मुद्दाको लागि असोज २५ गते तारेख तोकिएको छ । यादवले गाली बेइज्जती मुद्दा दर्ता गराएकाहरुमध्ये त्रिभुवन भनिने अमर साहले जसपाका अध्यक्ष उपेन्द्र यादवमाथि गौर हत्याको किटानी जाहेरी दिएका छन् । जसपा अध्यक्ष यादवलाई गौर घटनाका मुख्य अभियुक्त भन्दै उनी विरुद्ध जाहेरी दर्ता गराएका छन् । यादवले गाली बेइज्जती मुद्दामा प्रभु साहलाई मुख्य अभियुक्त बनाएका छन् ।यादवले प्रभु साहको निर्देशनमा अभियुक्तहरुले घेरा हाली आफ्नो चरित्र हत्या गर्ने नियतले लछारपछार गरी सामान्य हातपात समेत गरेको उल्लेख गर्दै सर्वसाधारणको उपस्थितिमा लुगाफाटा च्यातेको जनाएका छन् ।

गत साउन ६ गते शनिवारका दिन जसपा पार्टीको चन्द्रपुरमा आयोजित कार्यक्रमबाट फर्किने क्रममा गरुडा चीनी मिलको छेउबाट जाने सार्वजनिक बाटोमा घेरा हालेर हातपात गरी राजनीतिक चरित्र हत्याको प्रयास गरेको उनले बताएका छन् । जसपाका अध्यक्ष यादवलाई हत्या मुद्दामा फसाउन अनेक प्रकारको दबाबमूलक कार्यहरु गर्दै आएका आजपाका अध्यक्ष प्रभु साह विरुद्ध जसपाले प्रदेशभरि नै अभियान चलाएको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब