बाबु छोरीलाई तीन/तीन वर्ष कैद सजाय

  • भदौ २७, २०८० | ४९१ पटक पढिएको | सीमा संदेश
alt

एक युवाको कुटेर हत्या गरेको आरोपमा चलिरहेको मुद्दा उपर सुनुवाई गर्दै अदालतद्वारा बाबु छोरीलाई तीन/तीन वर्ष कैद सजाय ठहर हुने फैसला गरेको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङनामको इजलासले मंगलबार चार वर्ष अघि भएको कर्तव्य ज्यान मुद्दाका आरोपि राजविराज ७ का बिन्देश्वर प्रसाद यादव र उनका छोरी सन्तोषीलाई जनही ३/३ वर्ष कैद र ३०/३० हजार जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

२०७६ साल असार १० गते यादव बाबु छोरीसहित ८ जना माथि सप्तरीको तिरहुत गाउँपालिका ३ पिपराहीका २५ वर्षीय जयकृष्ण बिराजी यादवको कुटेर हत्या गरेको आरोपमा मृतकका बुबा उपेन्द्र प्रसाद यादवको जाहेरीले कर्तव्य ज्यान मुद्दामा अदालतले यस्तो फैसला गरेको छ । उक्त मुद्दामा प्रतिवादी बनाइएका अन्य ६ जना क्रमश : राजविराज नगरपालिका वडा नं. ७ शुभासचन्द्र यादव, श्रवणकुमार मेहता, शशिआनन्द देव, कमलदेव यादव, प्रमोद कुमार यादव र योगेश कुमार देवलाई भने अदालतले सफाई दिएको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी गंगा कुमार मिश्रले जानकारी दिए ।

२०७६ साल असार १० गते रातिमा बाबु छोरीसहित ८ जनाको समूहले बाँसको भाटा, रड लगायतका वस्तुले जयकृष्णमाथि निर्घात कुटपिट गरेको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले अदालतमा पेश गरेको कागजात प्रमाणमा उल्लेख छ । त्यति बेला जयकृष्णको मृत्युपछि आक्रोशित उनका आफन्तजनले आरोपिहरुलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै दिनहुँजसो राजविराजमा प्रदर्शन गर्न थालेका थिए । प्रहरीले बाबु छोरीसहित ८ जनालाई प्रतिवादी बनाइ कर्तव्य ज्यान मुद्दा दर्ता गरेपछि मात्र प्रदर्शन साम्य भएको थियो ।

प्रहरीले हत्याको कारण सार्वजनिक नगरे पनि जयकृष्णको हत्यामा भने प्रेम सम्बन्धको विषय कारण रहेको स्थानीयले बताउँदै आएका छन् । कुटेर हत्या गरिएका बिराजी राजविराजस्थित पिसजोन स्कुलको छात्रावासका प्रमुखसँगै सोही विद्यालयमा अध्यापनको काम समेत गर्दै आएका थिए ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब