नगरप्रमुख विरुद्धको उजुरी उपप्रमुखको टेबुलमा

  • भदौ २८, २०८० | ४४६ पटक पढिएको | सीमा संदेश
alt

आफ्नो निजी जग्गामा जबर्जस्ती सडक बनाउन खोजेको भन्दै एक पीडितले सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुखसहित २४ जना विरुद्ध जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरी सोही नगरपालिकाको न्यायिक समितिमा रेफर गरिएको छ ।

न्यायिक समितिको संयोजकमा उपप्रमुख रहने व्यवस्था छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ का ५० वर्षीय उपेन्द्र प्रसाद साहले नगरप्रमुख रामलखन मुखिया सहित २४ जना विरुद्ध दिएको उजुरीमा जिल्ला प्रशासन कार्यालयले सम्बन्धित पालिकाकै न्यायिक समितिमा पठाएपछि बुधवार न्यायिक समितिकी संयोजक समेत रहेकी उपप्रमुख मीरा कुमारी यादवको टेबुलमा उक्त उजुरी आईपुगेको छ ।

उनले आफू समक्ष उजुरी आइपुगेको पुष्टि गर्दै शुक्रवार विधिवत दर्ता हुने र त्यसपछि आवश्यक प्रकृया अघि बढ्ने जानकारी दिएकी छन् । अघिल्लो दिन मंगलवार साहले जिल्ला प्रशासन कार्यालयमा बुझाएको उजुरी पत्रमा सहायक प्रमुख जिल्ला अधिकारी लेवन कस्यप अधिकारीले सम्बन्धित पालिकाको न्यायिक समितिमा लेखि पठाउने तोक आदेश गरेपछि उजुरी उपप्रमुख यादव समक्ष पुगेको छ ।

जनता समाजवादी (जसपा) सप्तरीको प्रचार प्रसार डेस्क प्रमुख तथा मधेश प्रदेश समितिका सदस्य समेत रहेका पीडित साहले राजनीतिक आस्थाको आधार तथा पुर्वाग्रही ढंगले नगरप्रमुख मुखियाले आपूmलाई दुःख दिने नियतले निजी जग्गामा बलजफती सडक बनाउने प्रयास थालेको गुनासो पोखेका छन् ।

नगर प्रमुख मुखियाका साथै वडा ८ का वडाध्यक्ष सीताराम पण्डित, वीरेन्द्र साह, बलदेव साह, सुरेश साह, सुनिल कुमार साह लगायत २४ जना विरुद्ध परेको उजुरीमा जबर्जस्ती निजी जग्गामा निर्माण कार्य सुरु गर्न खोज्नेहरुमाथि कारबाही तथा आफ्नो जिउ धनको सुरक्षा व्यवस्थाको माँग समेत गरिएको छ ।

उजुरीमा आफू र आफ्नो परिवारजनको नाममा रहेको वडा ८ स्थित कित्ता नं. ८६८, १०५५ र किता नं. १५०९ को जग्गा कोशी पम्प नहरको दक्षिणतर्फ एउटै साँध सिमानामा चकलाबन्दी भित्रको जग्गा रहेकोमा कृषि प्रयोजनका लागि उक्त जग्गामा अढाइ मिटर चौडाई र ८५ मिटर लम्बाई भएको गोरेटो बाटो आफ्नै निजी लगानीमा निर्माण गरी प्रयोग गर्दै आएको उल्लेख छ ।

आफ्नो परिवारद्वारा गरिने खेतीपाती र त्यस स्थल सम्म हलो, गोरु, कृषि उपकरण लगायतका वस्तु लैजान आफैले आप् mनै जग्गामा निजी खर्चमा बनाएको गोरेटो बाटोमा अहिले आएर विपक्षी नगर प्रमुख मुखियासहित २४ जनाले जबर्जस्ती सडक फराकिलो बनाउने नाममा तोडफोड सुरु गरेको र प्रतिवाद गर्दा दुव्र्यहार तथा सार्वजनिक मुद्दा लगाइ जेल पठाइ दिने धम्की दिएको पीडित साह परिवारको कथन छ ।

उजुरीमा निजी जग्गामा बनाइएको गोरेटो बाटोलाई सार्वजनिक बाटोमा रुपान्तरण गर्न विपक्षीले माटो तथा ग्राभेल समेत हाल्ने काम सुरु गरेको उल्लेख गर्दै गैर कानुनी ढंगले थालिएको काम रोक्न माग गरिएको छ । उजुरी पत्रमा साह परिवारले प्रमाणका रुपमा उक्त जग्गाको जग्गाधनी दर्ता प्रमाण पत्र, नक्शा प्रिन्ट, नागरिकता प्रमाण पत्र लगायतका कागजात समेत पेश गर्दै प्रमाण झुठा ठहरे कानुन बमोजिम सजाय भोग्न तयार रहेको समेत उल्लेख गरेका छन् ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब