दुधे बालकलाई उखुबारीमा बाँधेर फरार भइन् आमा

  • असोज ६, २०८० | ४८१ पटक पढिएको | सीमा संदेश
alt

कैलाली । कञ्चनपुरमा एक आमाले आफ्नै सन्तानलाई उखुबारीमा बाँधेर फरार भएकी छन् । पुर्नवास नगरपालिका वडा नम्बर २ कि शर्मिला चौधरीले एक वर्ष पनि नपुगेको छोरालाई उखुबारीमा बाँधेर फरार भएकी हुन् ।

बिहीबार साँझ आफूसँग आफ्नो सन्तानलाई पनि लिएर उनी माइत घरबाट हिँडेकी थिइन् । परिवारका सदस्यहरूको भनाइ अनुसार उनी श्रीमानकाे घर जाने भन्दै त्यहाँबाट निस्किएकी हुन् । तर, उनका आमा बुवालाई पनि बच्चाको बुवा के हुन् भन्ने बारे अझै जानकारी छैन ।

केही समय सेती प्रादेशिक अस्पताल धनगढीमा उनले बच्चा जन्माएकी हुन् । त्यही बेला पनि शिशु छोड्नको खोजेको तर, प्रहरीको सहयोगमा उनलाई घर लगिएको स्थानीयले बताएका छन्।

बिहीबार घरबाट निस्किएकी शर्मिलाले बेरौरी नगरपालिका वडा नम्बर ७ सिमपुरमा लगेर बच्चा बाँधेर आफू फरार भएकी थिइन् । आफ्नो सलले छोराको एउटा हात उखुको एउटा रुखमा र खुट्टा अर्को रुखमा बाधेको अवस्थामा स्थानीयले फोला परेका हुन् ।

‘बच्चा रोइरहेको थियो । हात खुट्टा बाँधेर आमा फरार भइन्’ पुर्नवास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष डम्मर बहादुर थापाले भने ‘अहिलेसम्म आमाको मोबाइलमा सम्पर्क हुन सकेको छैन । ’

स्थानीयको अनुसार शिशु भेटिएको केही समयपछि शर्मिलालाई फोन गरिएको र उनले आफू डडेल्धुरामा रहेको बताएकी थिइन् । त्यसपछि शिशुको बारेमा कुरा गर्दा उनले मोबाइल अफ गरेको वडाध्यक्ष थापाले जानकारी दिए ।

स्थानीयले दुधेबालकलाई उखुबारीमा बाधेको अवस्थामा देखेपछि प्रहरीलाई सम्पर्क गरेका थिए । उखुबारीमा शिशु फेला परेपछि उनलाई श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य परिक्षण गरिएको थियो । अहिले प्रहरीले उक्त बालकलाई हजुरआमाको जिम्मा लगाइसकेको छ ।

‘बच्चा भिजेको थियो । रोइरहेको थियो ’ इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक गौरी प्रसाद जैशीले भने, ‘अहिले बच्चाको अवस्था ठिक छ हामीले हजुरआमालाई जिम्मा लगाएका छौँ ।’

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब