बैंकबाट रकम निकालेर घर जाने क्रममा एक दम्पती लुटिए

  • असोज ८, २०८० | ४३६ पटक पढिएको | सीमा संदेश
alt

महोत्तरीमा बैंकबाट पैसा निकालेर घर फर्किन लागेको एक दम्पती लुटिएका छन् ।

गौशाला नगरपालिका ११ भरतपुरका शम्भु महतो र उनकी श्रीमती बैंकबाट पैसा झिकेर फर्किँदै गर्दा ६ लाख ३६ हजार रुपैयाँ अज्ञात व्यक्तिले लुटेको प्रहरीले जनाएको छ । ओखलढुंगामा रहेका ज्वाइँले एनआइसी एसिया बैंकको गौशाला शाखामा महतोलाई रकम पठाएका थिए।

मोटरसाइकलमा सवार भएर आएका एक अज्ञात युवकले झुक्याएर रकम लुटेर फरार भएको महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । ‘घर फर्किने क्रममा गौशाला बजारबाट थोरै पर गएपछि एकजना मान्छेले म बैंकको मान्छु हुँ एउटा सिग्नेचर छुटेछ, बैंक जानुप¥यो भनेर महतोलाई बाइकमा चढाएर बैंक नजिक पु¥याएछ,’ उनले भने, ‘तपाईंको श्रीमतीलाई लिएर पनि आउँछु भनेर त्यो मान्छे फर्कियो । पैसा श्रीमतीको झोलामा थियो । पछि झोला लिएर ऊ भागेछ ।’

गिरीका अनुसार लुटेरा सवार मोटरसाइकलको नम्बर पहिचान भइसकेको छ । पैसा लुटेर फरार भएका व्यक्तिको खोजी भइरहेको गिरीले जानकारी दिए ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब