बैंकबाट रकम निकालेर घर जाने क्रममा एक दम्पती लुटिए

  • असोज ८, २०८० | ४४७ पटक पढिएको | सीमा संदेश
alt

महोत्तरीमा बैंकबाट पैसा निकालेर घर फर्किन लागेको एक दम्पती लुटिएका छन् ।

गौशाला नगरपालिका ११ भरतपुरका शम्भु महतो र उनकी श्रीमती बैंकबाट पैसा झिकेर फर्किँदै गर्दा ६ लाख ३६ हजार रुपैयाँ अज्ञात व्यक्तिले लुटेको प्रहरीले जनाएको छ । ओखलढुंगामा रहेका ज्वाइँले एनआइसी एसिया बैंकको गौशाला शाखामा महतोलाई रकम पठाएका थिए।

मोटरसाइकलमा सवार भएर आएका एक अज्ञात युवकले झुक्याएर रकम लुटेर फरार भएको महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । ‘घर फर्किने क्रममा गौशाला बजारबाट थोरै पर गएपछि एकजना मान्छेले म बैंकको मान्छु हुँ एउटा सिग्नेचर छुटेछ, बैंक जानुप¥यो भनेर महतोलाई बाइकमा चढाएर बैंक नजिक पु¥याएछ,’ उनले भने, ‘तपाईंको श्रीमतीलाई लिएर पनि आउँछु भनेर त्यो मान्छे फर्कियो । पैसा श्रीमतीको झोलामा थियो । पछि झोला लिएर ऊ भागेछ ।’

गिरीका अनुसार लुटेरा सवार मोटरसाइकलको नम्बर पहिचान भइसकेको छ । पैसा लुटेर फरार भएका व्यक्तिको खोजी भइरहेको गिरीले जानकारी दिए ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब