मिटरब्याजी प्रकरण अन्तर्गत बैंकिङ्ग कसुर मुद्दाका आरोपि मनिकलाल पक्राउ

  • असोज १०, २०८० | ५९५ पटक पढिएको | सीमा संदेश
alt

मिटरब्याजी प्रकरण अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात एवं बैंकिङ्ग कसुर सम्बन्धी मुद्दाका आरोपि सप्तरीको बोदेबर्साइन नगरपालिका ८ काचन राजोपट्टीका मनिकलाल यादव पक्राउ परेका छन् ।

सिरहाको धनगढीमाई नगरपालिका १ घर भइ हाल लहान नगरपालिका १ मा बस्दै आएका संतोष कुमार यादवको जाहेरीले सिरहा जिल्ला अदालतको आदेशानुसार ४० वर्षीय यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिरहा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सोमबार साँझ पक्राउ गरी उनलाई मंगलवार सिरहा प्रहरीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए ।

यादवमाथि जग्गा, चेक तथा सुनचाँदीका गरगहना धितो राखेर चर्काे मिटरब्याज असुली गर्ने र कतिपय व्यक्तिले लिएको ऋण ब्याज चुक्ता गरी सके पनि धितो फिर्ता नगरेको आरोप छ । पछिल्लो पटक सिरहाका संतोषले उनीमाथि दिएको मिटरब्याजी प्रकरण अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात एवं बैंकिङ्ग कसुर सम्बन्धी मुद्दा प्रहरी हँुदै अदालतसम्म पुगेपछि यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । संतोषले समस्या परेका बेला मनिकलालसंग जग्गा धितो राखेर पटक/पटक गरी ५७ लाख रुपैयाँ ऋण सापटी लिएको जाहेरीमा उल्लेख गरेका छन् । सो बापत उनले लहान नगरपालिका १ स्थित ९ धुर जग्गामा निर्मित ४ तल्ले घर तथा सोही वडामा १२ धुर जग्गामा निर्मित अर्काे एक तल्ले घर धितो बापत मनिकलाल निर राखेका थिए ।

यतिमात्र होइन । आफूसंग मनिकलालले रकम उल्लेख नगरिएको ४ वटा सादा चेकमा हस्ताक्षर गर्न लगाई बुझिलिएको र त्यसपछि मात्र ऋण सापटी दिन तयार भएको संतोषले जाहेरीमा उल्लेख गरेका छन् । उनले कोरोना कालमा व्यापार व्यवसाय चौपट भएको तथा समस्या पर्दा मनिकलालले भने अनुसारको कागज तथा सादा चेकमा हस्ताक्षर गरी बुझाएको बताए । पछि गएर मनिकलालले १ लाखको दैनिक १ हजारका दरले चर्काे ब्याज माग्न थालेको र आफूले सो अनुसारको ब्याज तिर्न नसक्ने बताएपछि मनिकलालले आफूबाट प्राप्त गरेको हस्ताक्षर सहितको चेकमा आफैले १ करोड ४६ लाख ५ सय रुपैया भरेर बैंकमा तीन पटक चेक बाउन्स गराइ फसाउन खोजेको संतोषले सुनाए । कतै कुनै उपाय नदेखेपछि आफू न्यायका लागि स्थानीय प्रहरी प्रशासन हुँदै अदालतसम्म पुगेको संतोषको भनाइ छ ।

मनिकलालको चर्काे ब्याजबाट पीडित हुने अन्य व्यक्तिहरु पनि धमाधम सार्वजनिक हुन थालेका छन् । मंगलबार मनिकलालको चर्काे मिटरब्याज तथा चेकमा किर्ते हस्ताक्षरबाट पीडित भएका थप दुईजना पीडितहरु न्यायका लागि सार्वजनिक भएका छन् । राजविराज ७ का डा.विवेक कुमार झा र राजगढ गाउँपालिका ३ का सोमन साहले मनिकलालबाट सोही प्रकृतिको अपराधबाट आफूहरु पनि पीडित भएको भन्दै न्यायका लागि पहल गरी दिन प्रहरी, अधिकारकर्मी र संचारकर्मीसंग आग्रह गरेका छन् । डा.झाले मनिकलालसंग जग्गा धितो राखी पटक÷पटक गरी लिएको ७१ लाख ऋणमध्ये ३२ लाख रुपैयाँ बुझाइसकेको तथा करिब १ करोड ५० लाख मूल्य बराबरको जग्गाको कागजात पनि उनै संगै रहँदा पनि चर्काे ब्याज जोडेर मानसिक यातना दिने गरेको गुनासो पोखे ।

यति मात्र होइन । मनिकलालले एक दिन गाडीको डिक्कीमा राखिएको चेक बुक चोरेर आफैले मेरो नामको नक्कली हस्ताक्षर गरी १ करोड ९५ लाख रकम भरेर बंैकबाट चेक बाउन्स गराइ मलाई बंैकिंग कसुर मुद्दामा फसाउन खोजको डा.झाको भनाइ छ । उनले पनि मनिकलालले १ लाखको दैनिक १ हजारको दरले ब्याज जोड्ने गरेको सुनाए । चोरी भएको आफ्नो चेकमा नक्कली हस्ताक्षर भएको कुरा राष्ट्रिय विधिविज्ञान प्रयोगशालाले समेतले परीक्षण गरी प्रमाणित गरिदिएको उनले बताए । उनले प्रहरीमा मनिकलाल विरुद्ध दिएको जाहेरीमा समेत उक्त परीक्षण रिर्पोट प्रमाणका रुपमा पेश गरेका छन् ।

यस्तै मंगलवार नै सप्तरीको राजगढ गाउँपालिका ३ का सोमन साहले आफू पनि मनिकलालको चर्काे मिटरब्याजबाट पीडित भएको गुनासो पोखेका छन् । उनले आफूले मनिकलालसंग पटक पटक गरी २५ लाख रुपैयाँ ऋण सापटी लिएको सुनाए । सो बापत २ करोड १० लाखको कागजात तथा ९७ लाखको चेक धरौटी बापत मनिकलालले लिएको उनको भनाइ छ । उनले पनि आफूसंग १ लाखको दैनिक १ हजारका दरले मनिकलालले माग्न थालेपछि समस्यामा परेको गुनासो पोखे । उनीहरुले मिटरब्याज तथा किर्ते हस्ताक्षर गरी आफूहरुलाई उठिवास गराउन खोज्ने साहुकार मनिकलालमाथि कडा कारबाहीका लागि पहल गरिदिन सबैसंग आग्रह गरेका छन् ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब