हत्याका आरोपि पक्राउ

  • असोज ११, २०८० | ३२८ पटक पढिएको | सीमा संदेश
alt

२१ दिन अघि सप्तरीको सुन्दरी खोला किनारमा एक युवकको हत्या भएको घट्नामा संलग्न उनकै साथीलाई प्रहरीले पक्राउ गरेको छ । मोबाईल तथा घडी र नगद लुट्नका लागि आफ्नै साथीद्वारा ती युवकको हत्या भएको प्रहरीले जनाएको छ ।

गत भदौं २१ गते कंचनरुप नगरपालिका ७ का २५ वर्षीय राहुल चौधरीको हत्या भएको थियो । सोही दिन साँझ ४ः३० बजेतीर कंचनरुप नगरपालिका ९ सुन्दरी खोला किनारमा चौधरीको नग्न अवस्थामा शव प्रहरीले फेला पारेको थियो । हत्याराले आत्महत्या वा अत्यधिक लागू पदार्थ सेवन गरी मृत्यु भएको देखाउने प्रयास गरे पनि उनको हत्या नै भएको अनुमानसहित प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीले मृतकको शव पोस्टमार्टम रिपोर्ट, घटनास्थलको प्रकृति मुचुल्का लगायत प्राविधिक कोणबाट अनुसन्धान गरी विभिन्न व्यक्ति संग सोधपुछ गरेका थिए ।

घट्नाका दिन राहुल सोही नगरपालिका ६ बस्ने २८ वर्षीय साथी पशुपति रामसँग रहेको खुलेपछि प्रहरी अनुसन्धान पशुपति राम तर्फ केन्द्रित भएको थियो । त्यस पछि रामलाई असोज ४ गते नियन्त्रणमा लिई अनुसन्धान गर्दा निशाना सही साबित भयो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार केही दिनको केरकार पछि रामले राहुलको हत्या गरेको स्वीकारेका छन् । प्रहरीका अनुसार रामले साथी राहुलसँग भएको मोबाईल तथा घडी लुट्ने योजना बनाएर सर्वप्रथम घुम्न जाउँ भनेर सीमावर्ती भारतीय बजार लिएर गएका थिए । त्यहा पुगेर रामले राहुललाई अत्याधिक मात्रामा लागू औषध सेवन गराएका थिए । त्यस पछि फर्केर सुन्दरी खोलाको किनारमा पुगी उनले राहुललाई थपलागू औषध खुवाई घाँटी अठ्याएर हत्या गरेका थिए । राहुलको मृत्यु भइसकेको आश्वस्त भएपछि रामले उनको गोजीमा रहेको मोबाईल, पर्स र हातमा लगाएको घडी झिके अनि जिऊको लुगा निकालेर नग्न बनाई हिडेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

हत्यालाई आत्महत्या वा अधिक लागू औषध सेवनबाट उनको मृत्यु भएको देखाउनका लागि रामबाट यस्तो प्रयास भएको प्रहरीको भनाइ छ । लागू औषधको कुलत तथा आर्थिक संकटमा परेका रामले मोबाईल र घडी लुटपाट गर्ने उद्देश्यले प्रेरित भएर नै हत्या गरेको देखिएको प्रहरीको भनाइ छ । प्रहरी हिरासतमा रहेका राममाथि कर्तब्य ज्यान मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान तथा आश्यक कारवाही प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यलाय सप्तरीले जनाएको छ ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब