मलंगवामा कर्फ्यु हट्यो, सद्भाव र्‍यालीमा गृहमन्त्र सहभागि हुने

  • असोज १५, २०८० | ३६४ पटक पढिएको | सीमा संदेश
alt

धार्मिक द्वन्द्वका कारण सर्लाहीको सदरमुकाम मलंगवामा केही दिनदेखि लगाइएको कर्फ्यु आइतबारदेखि पूर्णरुपमा हटेको छ ।

भगवान गणेशको मूर्ति विर्सजनको क्रममा मलंगवा नगरमा दुई समुदायबीच झडप भएको थियो । स्थिति बिग्रेपछि जिल्ला प्रशासन कार्यालय मलंगवाले कफ्र्यु जारी गरेको थियो । असोज ४ गते राति भएको घटनापछि तनावग्रस्त बनेको मलंगवामा क्रमिक रुपमा स्थिति सुधार भएपछि कफ्र्यु हटाइएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ । सदरमुकाम मलंगवामा दुई समुदायबीचको तनावको स्थिति सहज बनेको भन्दै जिल्ला सुरक्षा समितिले पूर्ण रुपमा कर्फ्यु खुल्ला गर्ने निर्णय आइतबार गरेको हो । स्थिति केही सामान्य बनेपछि गत बिहिबार बिहानदेखि बेलुकासम्म कर्फ्यु खुल्ला गरिए पनि राति कर्फ्युले निरन्तरता पाएकोमा आइतबारबाट पूर्णरुपमा खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जनाएका छन् ।

दुई समुदायबीच मलंगवामा यस अघि पनि झडप हुने गरेको थियो । जिल्लामा रहेका सबै राजनीतिक दल र अधिकारकर्मीहरुले सामाजिक सद्भाव कायम गर्न निरन्तर पहल गर्दै आएका छन् । तर विभिन्न चाड पर्वको बेला सद्भाव खल्बलिने गरेको छ । सामाजिक सद्भावलाई बलियो बनाउन मलंगवामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेतको सहभागितामा आगामी बिहीबार सद्भाव र्‍याली निकालिने सर्वपक्षीय निर्णय भएको प्रजिअ यादवले बताए ।

सर्वपक्षीय निर्णयमा सद्भाव भड्काउने र ढुंगामुढा गरी क्षति पु¥याउनेको पहिचान गरी कानुनी दायरामा समेत ल्याउने निर्णय भएको उनले जनाएका छन् ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब