बालिका बलात्कार गर्नेलाई ८ वर्ष कैद

  • असोज १८, २०८० | ३५१ पटक पढिएको | सीमा संदेश
alt

बाख्रा चराउन गएकी बालिकालाई बलात्कार गरेको आरोपमा अदातलतले एक युवकलाई ८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

पाँच वर्ष अघि भएको उक्त घटनाको आरोपमा पक्राउ गरी पुर्पक्षका लागि राजविराज कारागारमा रहेका सप्तरीको शम्भुनाथ नगरपालिका ७ का दशन मण्डललाई सप्तरी जिल्ला अदालतले ८ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलासले मंगलबार बलात्कार घटनामा मण्डललाई दोषी ठहर गर्दै ८ वर्ष कैद तथा १ लाख क्षतिपूर्ति भराउन समेत फैसला गरेको इजलास अधिकृत कुमार सुवेदीले जानकारी दिए ।

२०७५ साल साउन ५ गते बाख्रा चराउन गएकी सोही पालिकाकी एक बालिकालाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले मुद्दा दर्ता गरी मण्डलको खोजतलास सुरु गरेको थियो । त्यसपछि फरार रहेका मण्डल घटनाको चार वर्षपछि २०७९ साल चैत १ गते स्वयम अदालतमा उपस्थित भएपछि पुर्पक्षका लागि कारागार चलान भएका थिए । पीडितको उजुरीको आधारमा बालिकाको स्वास्थ्य परीक्षण गराउँदा बलात्कार भएको पुष्टि भएपछि प्रहरीले उनीमाथि जबर्जस्ती करणी मुद्दा चलाएको थियो ।

प्रभु बैङ्कमा अनियमितता, प्रमुख व्यवसाय अधिकृत पन्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प ...

‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्दै रास्वप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय त ...

औरहीमा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउ

सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका– २ तुलस ...

सिरहामा सामाजिक सद्‌भाव कायम राख्न जोड

सिरहा । सुनसरी जिल्लाको देवानगञ्जमा भएको घटनापछि उत्पन् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब