हत्या गरिएको अवस्थामा महिलाको शव फेला

  • कार्तिक १७, २०८० | ३७५ पटक पढिएको | सीमा संदेश
alt

हत्या गरिएको अवस्थामा प्रहरीले एक महिलाको शव फेला परेको छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नं.६ नगौलमा बिहीबार विहान हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । बारा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले घाँटी थिची हत्या गरिएको अवस्थामा खेतमा अन्दाजी २५ वर्षकी एक जना अज्ञात महिलाको शव फेला परेको बताए । सल प्रयोग गरेर महिलाको घाँटी थिचिएर हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए । उनका अनुसार हत्या दुई÷तीन दिन पहिला भएको हो । तराई मूलकी जस्तो देखिने शवको अनुहारमासमेत किरा लागिसकेकोले महिलाको पहिचान गर्न कठिनाइ भइरहेको उनले बताए ।

महिलाको मुखमासमेत दुपट्टाको टुक्राहरू भेटिएको कारण मुख थुनेर सोही दुपट्टाले घाँटी थिची हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ । स्थानीयले बिहीबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगतै ईलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराबाट तालिम प्राप्त कुकुर सहित प्रहरी घटनास्थलमा पुगेका थिए ।

प्रभु बैङ्कमा अनियमितता, प्रमुख व्यवसाय अधिकृत पन्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प ...

‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्दै रास्वप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय त ...

औरहीमा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउ

सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका– २ तुलस ...

सिरहामा सामाजिक सद्‌भाव कायम राख्न जोड

सिरहा । सुनसरी जिल्लाको देवानगञ्जमा भएको घटनापछि उत्पन् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब