नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो

  • कार्तिक १७, २०८० | ४५६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुलेको छ । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी) मा खुल्ला र समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न जंगी अड्डाले आज दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेकाहरुले नेपाली सेनाको वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न सक्नेछन् । त्यो फाराम प्रिन्ट गरेर १० रुपैयाँको टिकट टाँसेर आफैं उपस्थिति भई दरखास्त पेस गर्नुपर्नेछ ।

अधिकृत क्याडेट पदका लागि सैनिक साधारण सेवातर्फ २२९ जनाको भर्ना खुलेको छ । यसभित्र खुलामा १२२ जनाको कोटा छ । यसैगरी सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दागर्दै कुनै शारीरिक चोटपकट लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीलाई १२ जनाको कोटा छुट्याइएको छ । समावेशीतर्फ महिला १७, आदिवासी जनजाती ३३, मधेशी २७, दलित १५ र पिछडिएको क्षेत्रमा ३ जनाको कोटा छ ।

33

अधिकृत क्याडेट पदका लागि दरखास्त दिने उम्मेदवार प्रमाणपत्र वा सो सरह उत्तीर्ण हुनुपर्ने छ । अधिकृत क्याडेट वा स्नातक अधिकृत क्याडेट दुवैका लागि एसएलसी वा एसईई परीक्षामा अनिवार्य गणित विषय लिएको हुनुपर्ने छ ।

साथै अधिकृत क्याडेट पदका लागि १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको र स्नातक अधिकृत क्याडेट पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ ।

दरखास्त पेस गर्ने अन्तिम मिति मंसिर १६ गतेसम्म छ । दोब्बर दस्तुर तिरेर मंसिर १७ गतेदेखि २३ गतेसम्म बुझाउन सकिन्छ ।

दरखास्त दस्तुर एक हजार रुपैयाँ तोकिएको छ । तर समावेशीतर्फ एकभन्दा बढी समूहमा दरखास्त दिएमा प्रत्येक समूहका लागि थप २० प्रतिशतको दरले अतिरिक्त दस्तुर लाग्ने छ । दरखास्त दस्तुर नेपाल बैंक लिमिटेडको काठमाडौंभित्र रहेका कुनै पनि शाखाबाट बुझाउन सकिने नेपाली सेनाले जनाएको छ ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब