सबै धर्मका मानिस मिलेर बसेमात्र समाज रूपान्तरण हुन्छ : पूर्व राष्ट्रपति यादव

  • मंसिर १४, २०८० | ४८९ पटक पढिएको | सीमा संदेश
alt

पूर्व राष्ट्रपति डा. रामवरण यादवले सबै धर्मका मानिस मिलेर बसेमात्र समाज रूपान्तरण हुने बताएका छन् ।

उनले समाजमा सबै धर्मको सम्मान गर्नु आवश्यक रहेको धारणा राखे । जनकपुरधाम उपमहानगर पालिका–१४ मुजेलियामा बुधबारदेखि सुरु भएको श्री १०८ शिवशक्ति महायज्ञको उद्घाटन कार्यक्रममा उनले जुन ठाउँमा मान्छे मिलेर बस्दैन, त्यहाँ झैझगडा बाहेक केही नहुने प्रसंग उल्लेख गरे । इजरायलमा मुस्लिम र यहुदी धर्म मान्नेहरुबीचमा अहिले लडाइ जारी रहेको चर्चा गर्दै उनले १५ दिनमा १५ हजारभन्दा बढी मान्छेको ज्यान गएको र त्यसमा १० जना नेपालीले समेत बलिदानी दिनुपरेको बताए ।

पूर्व राष्ट्रपति यादवले नेपालको जनसंख्या तीन करोड हुँदा विगतभन्दा उत्पादन घटेकाले ८० प्रतिशत अन्न बाहिरबाट आयात भइरहेको बताउँदै उत्पादन बढाउन नसके मुलुकमा समस्या पर्दै जाने सम्भावना व्यक्त गरे।

उनले चुरेको संरक्षण नगरिए यस क्षेत्रमा पानीको साथसाथै अन्नको पनि सङ्कट आउने भएकाले चुरिया संरक्षणका लागि तीनै तहका सरकारले ठोस कामकाज गर्नुपर्नेमा जोड दिँदै यसका लागि चुरिया क्षेत्रमा बसोबास गर्ने आम नागरिकको भूमिका महत्त्वपूर्ण भएको चर्चा गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष राजनन्दन मण्डलले जनकपुरधाम युगौंयुगदेखि जपतप गर्ने स्थान भएको भन्दै यस प्रकारको यज्ञले मानवको कल्याण हुने बताए । स्थानीय आयोजक समितिका अध्यक्ष प्रमोदकुमार रायको अध्यक्षतामा भएको सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका पूर्व नगर प्रमुख लालकिशोर साह, एमालेका नेता सन्तोष यादव, स्थानीय वडाध्यक्ष पुण्यप्रताप यादवलगायतले धारणा र ाखेका थिए ।

सात दिनसम्म चल्ने सो महायज्ञमा प्रत्येक दिन कथा वाचनका साथै भगवानले गरेका विभिन्न लीलाहरू प्रदर्शन गरिने कार्यक्रम रहेको मेला आयोजक समितिका सदस्य समेत रहेका यादवले जानकारी दिए ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब