भ्याट फिर्ताको माग गर्दै व्यापारीले आलु र प्याजको कारोबार बन्द गरे

  • मंसिर २१, २०८० | ४८० पटक पढिएको | सीमा संदेश
alt

आलु र सुकेको प्याजमा लगाएको भ्याट (मूल्य अभिवृद्धि कर) को विरोध गर्दै व्यवसायीले आलु र प्याजको आपूर्ति र कारोबार बन्द गरेका छन् । भ्याट फिर्ता लिनुपर्ने माग गर्दै व्यवसायीले आलु र प्याजको आपूर्ति तथा कारोबार बन्द गरेका हुन् ।

किसान र व्यवसायीले सरकारले स्वदेशी कृषि उपजमा समेत भ्याट लगाएको भन्दै काठमाण्डौ उपत्यकासहित देशभरका ठूला तरकारी बजारमा आलु र प्याजको आपूर्ति ठप्प पारेर बिक्री वितरणमा रोक लगाएका हुन्। कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यका अनुसार केही दिनअघिदेखि नै आलु र प्याजको कारोबार कम हुँदै गएको थियो । हिजोदेखि भने ठप्प भएको हो ।

व्यापारीको विरोधका कारण काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा आलु र प्याजको स्टल खाली हुन थालेका छन् । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आलु र सुकेको प्याजको मूल्य सूचीसमेत राखेको छैन । व्यापारीले आलु र प्याजको कारोबार ठप्प पारेपछि किसान र उपभोक्ता मर्कामा परेका छन्  । 

बजारमा आलु र प्याजको भाउ बढ्दो छ । तर, किसानले उचित मूल्य पाउन सकेका छैनन । सरकारले आन्तरिक कृषि उपजमा लगाएको भ्याट फिर्ता नगर्दासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने व्यवसायीको अडान छ । 

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब