लहानबाट ब्राउन सुगर सहित एक जना पक्राउ

  • मंसिर २२, २०८० | ४४६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा प्रहरीले ठुलो परिमाणमा प्रतिवन्धित लागू पदार्थ ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले लहान ८ माखन भोग होटलबाट सिरहाकै वडियारपट्टी गाउँ पालिका १ बडहरीका ४६ वर्षिय ग्रिस प्रसाद यादवलाई ४९ ग्राम नौ सय मिलिग्राम ब्राउन सुगर सहित आज अपरान्ह पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनुषा र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त प्रहरी टोलिले होटलमा बसिरहेको अबस्थामा यादवमाथि शंका लागि चेकजाँच गर्ने क्रममा उनले लगाएको ज्याकेटको बायाँ पट्टीको खल्तीबाट प्लाष्टिकमा पोको पारी राखिएको प्लाष्टिक सहित ५१ ग्राम नौ सय मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणका लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिए।

प्रहरीले उनले प्रयोग गरेको स ७ प ५९७ नम्वरको मोटर साईकलसमेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब