होस्टेलमा खाना पकाउन गएकी बालिका शिक्षकबाट बलात्कृत

  • मंसिर २९, २०८० | ८०५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २९ मंसिर। सिरहाको एक निजी विद्यालयको होष्टलमा खाना बनाउन आमालाई पालो दिन गएकी एक बालिका शिक्षकबाट बलात्कृत भएकी छिन्। विष्णुपुर गाउँपालिका १ मा रहेको रोज बोर्डिङ स्कूलको होस्टलमा खाना पकाउने आमालाई पालोदिन गएकी महिलाकी १४ वर्षीया किशोरी बिहीबार मध्यराति शिक्षक २५ वर्षिय रञ्जित यादवबाट बलात्कृत भएकी हुन्।

विद्यालयको होष्टेलमा नियमित खाना बनाउने किशोरीकी आमा काम विशेषले घर बस्नुपर्ने भएकाले आमालाई पालो दिन उनी विहिवार बेलुका आएका थिए। पीडित बालिका सामुदायिक विद्यालयको कक्षा ९ मा पढ्छिन्।

खाना बनाएर सबैलाई खाना ख्वाएर सुतेकी किशोरी राती शिक्षक यादवको सिकार भएको बताइएको छ। घटनापछि शिक्षक यादव फरार भएका छन्।

घटना लगतै बालिकाले राति नै दिदीलाई फोन गरेर जानकारी गराएकी थिइन्। उनकी दिदीले विद्यालयका सञ्चालक संजय यादवलाई राती १२ बजे फोन गरेर विद्यालयको घटना भएको छ तत्काल जान भनेर फोन गरेका थिए। उनकी दिदीले फोन गरे लगतै विद्यालयका अर्का एक शिक्षकले पनि फोन गरेपछि आफू रातीनै घरबाट विद्यालय पुगेको संस्थापन यादवले बताए।

उनी विद्यालय घटना थाहाभएपछि शिक्षकलाई गाली गरें। त्यसपछि म बालिकालाई सम्झाई बुझाई गर्न तिर लागे त्यतिबेला नै उनी फरार भए। उनलेभने, ‘बालिका राति नै घर जान चाहेकी थिईन, मैले विहान आमालाई बोलाएर पठाउँछु भनेर राखें। राती नजाउ भने। विहान अभिभावक आएपछि उनीहरुकै जिम्मा लगाएको हो।’

स्कूलका सञ्चालक यादवले बोर्डिङ र आफूहरूको बेइज्जत हुने भन्दै मिलापत्र गर्न दबाब दिएको बालिकाका आफन्तले बताइएको छ।

बलात्कार आरोपी शिक्षक यादव सिरहा नगरपालिका १७ पटेर्वाका हुन्। नजीकै लक्ष्मीपुरमा बस्दै आएका शिक्षक यादव एक महिना पहिलादेखि विद्यालयमै बस्दै आएको छ। उनकी श्रीमती सुत्केरी हुनेअवस्थाकी रहेकाले श्रीमतीलाई घर पुर्याएर उनी विद्यालयमै बस्दै आएका थिए। उनले विज्ञान विषय पढाउँदै आएका थिए।

यता जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाबारे जानकारी आएको र यस विषयमा जान्ने प्रयास भर्ई रहेको बताएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी राविन्द्र राज पाण्डले पीडित आएको र उनका अभिभावकहरु आउने क्रममा रहेकोले घटनाबारे सोधपुछ गर्ने कार्यभईरहेको बताए।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब