एनआईसी एसिया बैंक प्रबन्धक र नक्कली ऋणी थुनामा

  • पुस ३, २०८० | ८०५ पटक पढिएको | सीमा संदेश
alt

एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणका आरोपित बैंकका तत्कालीन प्रबन्धक सन्तोषकुमार यादवसहित तीन जना पुर्पक्षका लागि सोमबार थुनामा पठाइएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले राजविराज नगरपालिका–७ का सन्तोष, राजविराज नगरपालिका– ९ का सदाम, सप्तरीको रुपनी गाउँपालिका–५ का दिपेन भनिने दीपककुमार सुतिहारलाई पुर्पक्षका लागि राजविराज कारागारमा पठाएको छ ।

सरकारी लिखत कीर्ते गरी संगठित रूपमा ठगी गरेको आरोपमा मंसिर १० गते सन्तोष हाजिर भएपछि मंसिर २० गते सदाम र दिपक पनि अदालतसमक्ष हाजिर भएका थिए ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि बैंकबाट निलम्बित यादव फरार थिए । सदाम भने अनुसन्धानका लागि गत असार १९ गते पक्राउ परेर छुटेका थिए । ‘स्क्याम’ प्रकरणपछि गत वैशाखको दोस्रो साता प्रबन्धक यादव, ऋण अधिकृतसहितका १० जना विरुद्ध सरकारी कागजात, छाप र हस्ताक्षर किर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो ।

बैंकका प्रबन्धक यादवसहित बैंकका केही कर्मचारी, व्यवसायी, लेखापढी व्यवसायी र भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अपरेटर हरूको मिलेमतोमा राजविराज नगरपालिका–८ का रविन्द्रकुमार यादवको नाममा रहेको प्रसवनी–९ (ग) को कित्ता नम्बर २२१ को १० कठ्ठा ५ धुर जग्गाको कीर्ते जग्गा धनी प्रमाण–पत्र बनाई राजविराज नगरपालिका–९ (तत्कालीन मलेठ गाविस–७) की वसिरन खातुनलाई फर्जी जग्गा धनी बनाइएको आरोप लागेको छ ।

मिर्चैयाबाट भरुवा कन्दुक बरामद

सिरहा प्रहरीले मिर्चैयाको जङ्गलक्षेत्रबाट वेवारीसे अवस् ...

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा भर्ना

सशस्त्र प्रहरीले ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना खोलेक ...

आमा सुरक्षा कार्यक्रमको धज्जी उडाइयो

प्रत्येक नागरिकको स्वास्थ्य सेवामा सामान पहुँच र निशुल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब