एनआईसी एसिया बैंक प्रबन्धक र नक्कली ऋणी थुनामा

  • पुस ३, २०८० | ८३० पटक पढिएको | सीमा संदेश
alt

एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणका आरोपित बैंकका तत्कालीन प्रबन्धक सन्तोषकुमार यादवसहित तीन जना पुर्पक्षका लागि सोमबार थुनामा पठाइएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले राजविराज नगरपालिका–७ का सन्तोष, राजविराज नगरपालिका– ९ का सदाम, सप्तरीको रुपनी गाउँपालिका–५ का दिपेन भनिने दीपककुमार सुतिहारलाई पुर्पक्षका लागि राजविराज कारागारमा पठाएको छ ।

सरकारी लिखत कीर्ते गरी संगठित रूपमा ठगी गरेको आरोपमा मंसिर १० गते सन्तोष हाजिर भएपछि मंसिर २० गते सदाम र दिपक पनि अदालतसमक्ष हाजिर भएका थिए ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि बैंकबाट निलम्बित यादव फरार थिए । सदाम भने अनुसन्धानका लागि गत असार १९ गते पक्राउ परेर छुटेका थिए । ‘स्क्याम’ प्रकरणपछि गत वैशाखको दोस्रो साता प्रबन्धक यादव, ऋण अधिकृतसहितका १० जना विरुद्ध सरकारी कागजात, छाप र हस्ताक्षर किर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो ।

बैंकका प्रबन्धक यादवसहित बैंकका केही कर्मचारी, व्यवसायी, लेखापढी व्यवसायी र भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अपरेटर हरूको मिलेमतोमा राजविराज नगरपालिका–८ का रविन्द्रकुमार यादवको नाममा रहेको प्रसवनी–९ (ग) को कित्ता नम्बर २२१ को १० कठ्ठा ५ धुर जग्गाको कीर्ते जग्गा धनी प्रमाण–पत्र बनाई राजविराज नगरपालिका–९ (तत्कालीन मलेठ गाविस–७) की वसिरन खातुनलाई फर्जी जग्गा धनी बनाइएको आरोप लागेको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब