सिरहामा ‘अगौटे डढुवारोग’ ले आलु बाली सखाप, ५० प्रतिशत कम उत्पादनहुने अनुमान

  • पुस १३, २०८० | ३९७ पटक पढिएको | सीमा संदेश
alt

सिरहामा आलु बालीमा लाग्ने ‘अगौटे डढुवा’ रोगको प्रकोपले आलु बाली सखाप भएपछि किसान मर्कामा पेका छन्। किसानले महगोमा विउ, मल किनेर लगाएको आलु ‘अगौटे डढुवा’ रोगका कारण सखाप भएपछि किसान मर्कामा परेका हुन्।

खासगरी जिल्लाको उत्तरी भेक गोलबजार, धनगढीमाई र मिर्चैया क्षेत्रमा यो रोगको प्रकोप देखिएको छ।

यस वर्ष आलु ३० देखि ३५ रुपैयाँ प्रति किला किनेर खेती लगाएका किसान आलु बाली सखाप भएका कारण ठूलो आर्थिक मारमा परेका छन् भने आलु उत्पादनमा पनि ह्रास आउने भएको छ।

गोलबजार नगरपालिका २ गुरुधामकी किसान एलिना राई भन्छिन्, ‘हेर्दाहेर्दैको लहलह आलुको बोट एक सातामै भसक्कै डढ्यो। यसपाली त शीतलहर लागेन, तुषारो पनि परेन। आलु बाली सप्रिएर आएको छ भनेर ठानेको थिएँ बोट मरेर सखाप भयो।’

तरकारी पकेट क्षेत्रको रुपमा परिचित धनगढीमाई नगरपालिका ४ फूलकाहाकट्टीकी देवकुमारी यादवको आलु बारीमा पनि डढेलो सल्किए जस्तै भएको छ । तीन दिनमै उनको आलु खेत उजाड भएको छ । बोट जति मरेर सखाप भएपछि उनले आलु खन्न थालेकी छिन्। उनले भनिन्, ‘लगानी मात्र खेर गयो। बाख्राका बडकुला जत्रा आलु छन्। मौैलाएर आएको आलुको हालत एकसातामै यस्तो भयो।’

आलु बालीमा अगौटेडढुवा फैलिएको थाहा पाएर अनुगमनमा आएका बाली संरक्षण प्रयोगशाला सिरहाका प्रमुख तथा बाली संरक्षण अधिकृत मोहन महतोले धुम्म बादल लाग्यो, अलि अलि हुस्सु लाग्यो, छिनमा सिमसिम पानी र छिनमै घाम लाग्ने भयो भने यो रोगको जीवाणु फैलिन्छ बताए। महतोले भने, ‘ यो वर्ष शीतलहर छैन भनेर किसान ढुक्क भए। कसै–कसैले शीतलहरबाट आलुको बोट जोगाउने विषादी छरे। तर अगौटे डढुवा रोगको बारे चाल पाएनन्। त्यसैले आलुमा रोग चाँडो फैलिएको हो।’

कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्र महासेठका अनुसार यस वर्ष संकलित गरिएको तथ्यांक अनुसार सिरहा जिल्लामा २ हजार ९ सय ९५ हेक्टर जग्गामा आलु खेती गरिएको छ। सिरहामा प्रति हेक्टर सरदर ८ दशमलव ८ टन आलु उत्पादन हुनेगर्छ। अगौटे डढुवाका कारण सिरहामा यस वर्ष आलु उत्पादनमा ५० प्रतिशत ह्स आउने अनुमान गरिएको छ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब