सिरहा । सशस्त्र प्रहरी बल सिरहाले १६ किलो लागुऔषध गाँजासहित मोटरसाईकल बरामद गरी कारवाहीको लागि बुझाएको छ ।
सशस्त्र प्रहरी बल सिरहाले लागुऔषध गाँजा लिएर भारततर्फ जाँदै गरेको सूचना पाएपछि गएको गस्ती टोलीले १६ किलो गाँजासहित मोटरसाईकल बरामद गरेको हो ।
गत मँगलबार राती करिब ८ः३० बजेको समयमा सिरहाको औरही गाउँपालिका वडा नं. ५ दोनबारीस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
प्रहरीको टोलीलाई देखेपछि गाँजा तस्करले प्रदेश २–०१–००२ प ४४५९ नम्बरको मोटरसाईकल छाडेर भागेको जनाईएको छ । मोटरसाईकल छाडी व्यक्ति फरार भएको हुँदा उक्त गाँजा र मोटरसाईकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी नेपाल प्रहरीलाई बुझाईएको हो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved