सिरहामा सशस्त्र प्रहरी बलद्धारा १६ किलो गाँजासहित मोटरसाईकल बरामद

  • पुस १३, २०८० | ५६२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सशस्त्र प्रहरी बल सिरहाले १६ किलो लागुऔषध गाँजासहित मोटरसाईकल बरामद गरी कारवाहीको लागि बुझाएको छ । 

सशस्त्र प्रहरी बल सिरहाले लागुऔषध गाँजा लिएर भारततर्फ जाँदै गरेको सूचना पाएपछि गएको गस्ती टोलीले १६ किलो गाँजासहित मोटरसाईकल बरामद गरेको हो । 

गत मँगलबार राती करिब ८ः३० बजेको समयमा सिरहाको औरही गाउँपालिका वडा नं. ५ दोनबारीस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त परिमाणको गाँजा बरामद गरेको हो । 

प्रहरीको टोलीलाई देखेपछि गाँजा तस्करले प्रदेश २–०१–००२ प ४४५९ नम्बरको मोटरसाईकल छाडेर भागेको जनाईएको छ । मोटरसाईकल छाडी व्यक्ति फरार भएको हुँदा उक्त गाँजा र मोटरसाईकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी नेपाल प्रहरीलाई बुझाईएको हो । 

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब